जमिन खन्ने उद्देश्यले मंगलग्रहमा अन्तरिक्ष यान पठाइँदै

नासाले जमिन खन्ने उद्देश्यले मंगलग्रहमा अन्तरिक्ष यान पठाउने भएको छ । ‘इन्साइट’ नामक अन्तरिक्षयानलाई मे ५ मा प्रक्षेपण गरिँदैछ । यसलाई भ्यान्डेनवर्ग एअर फोर्स बेस क्यालिफोर्नियाबाट एटलास भी ४०१ रकेटबाट पठाइने छ । 

पहिलो पटक नासाले अमेरिकाको पश्चिमी किनारबाट अन्तरिक्ष प्रक्षेपण गर्न लागेको हो । नासाले पहिलेका अन्तरग्रहिय मिसनहरु पूर्वी किनारामा रहेको ‘केनेडी स्पेस सेन्टर’बाट पठाइन्थो ।

यदी सबै कुरा योजना अनुसार भयो भने ६ महिनाको यात्रा पछि यो ३८५ किलोको अन्तरिक्षयानले नोभेम्बर २६ मा मंगलग्रह पुग्ने छ ।

यस अघि नासाले मंगलग्रहमा पाँचवटा अन्तरिक्ष यान पठाइसकेको छ ।

यो मिसनका प्रमुख अनुदाता ब्रुस बेनड्र्टले इमेलमार्फत ‘मंगललाई लिएर ८ वर्षको उमेरदेखिनै निक्कै उत्साही’ भएको र हाल मंगलमा अन्तरिक्षयान पठाउने उत्साह ‘निक्कै गाढा हुँदै गएको’ बताए ।

बनड्र्टले ‘इन्साइट’ले नासाको मंगल अन्वशणमा पहिले रहेको अज्ञानता हटाउने विश्वास गरे ।

“हामीले सम्पूर्ण ग्रहको सतहको देखिएको भागको गुण, सतह, गुरुत्व र चुम्बकिय क्षेत्रलाई नापीसकेका छौं ।” उनले भने, “हामीले त्यसको सम्पूर्ण वायुमण्डल तथा सतहको अध्ययन गरिसकेका छौं । हामीले चार विभिन्न स्थानमा अन्तरिक्षयानलाई डुलाई सकेका छौं । यसबाट हामीले त्यहाँको भूगर्भ अध्ययन ग¥यौं । तर, हालसम्म त्यस ग्रहको एक माइलभन्दा तलको अवस्थाबारेमा हामीलाई केही थाहा छैन ।” 

उनले थपे “इन्साइटले त्यो अज्ञानतालाई एक पटकमै बदलिदिनेछ ।”

इन्साइटले पहिलो पटक मंगलग्रहको भित्री विस्तृत नक्सा दिनेछ र बनड्र्टले त्यो नक्साले विज्ञानलाई कति सहयोग गर्ने छ भनेर बताउन गा¥हो भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?