काठमाडौं । नेपाल चेम्वर अफ कमर्स र इन्डियन इन्डष्ट्रिज एसोसिएसनबीच राजधानीमा सोमबार समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा नेपाल चेम्वरकोतर्फबाट अध्यक्ष राजेश काजी श्रेष्ठ र इन्डियन इन्डष्ट्रिज एसोसिएसनकोतर्फबाट अध्यक्ष सुनिल बैश (Sunil Vaish) ले हस्ताक्षर गरे ।
समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा नेपाल चेम्वरका अध्यक्ष श्रेष्ठले नेपालमा लगानीको वातावरण वनेकाले लगानी गर्नका लागि आह्वान गरे । स्थीर सरकार बनेको, लामो समयदेखिको लोडसेडिंग अन्त्यलगायतका कारण नेपालमा लगानीको वातावरण तयार रहेको उनले बताए । उनले समझदारीपत्रमा भएको हस्ताक्षरपछि दुवै देशको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
इन्डियन इन्डष्ट्रिज एसोसिएसनका अध्यक्ष सुनिलले समmदारीपत्रमा भएको हस्ताक्षर उपादेयतापूर्ण रहने विश्वास व्यक्त गरे । कार्यक्रममा चेम्वरका उपाध्यक्षहरु महेन्द्र मान श्रेष्ठ, दीपक कुमार मलहोत्रा, नरेश श्रेष्ठलगायतका पदाधिकारी तथा कार्य समितिका सदस्यहरु सहभागी रहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया