काठमाडौं – स्वभाविक रुपमा चिसोयाममा छालाको कान्ति केहि घटेको हुन्छ ।
कतिपयको छालामा सुख्खापनको समस्या देखिनुका साथै निलो दागहरु र पुराना दागहरु समेत झनै गाढा रङमा देखिन्छ ।
त्यसैमाथि व्यस्त यो जीवनशैलीमा अनुहारको हेरचाहको लागि समय निस्कन सकेन भने झनै समस्या आउँछ ।
यसैले शनिबारको यो बिदामा तपाईले विभिन्न २४ घरेलु उपायसहित आफ्नो अनुहारको छालामा सुन्दरता फर्काउन सक्नुहुन्छ । के हुन् ति उपाय ?
१. दहीमा लैक्टिक एसिडको मात्रा भएकाले कालो दाग भएको स्थानमा लगाउनाले दागलाई हटाउन मद्दत गर्छ । सुर्यको किरण र घामका कारण अनुहारमा पर्ने असरलाई दहीको नियमित प्रयोगले दागलाई हटाउन सकिन्छ । दहिलाई कचौरामा राखि औलाको सहाराले मथ्नुहोस् र अनुहारमा लगाएर २० मिनेटमा सफा गर्नुहोस् । यो प्रक्रिया हप्ताको १ वा २ पटक गर्नुहोस् ।
२.बेसारमा काँचो दूध र कागतीको रस मिसाई दाग भएको ठाउँमा लगाएर केही मिनेट त्यसै छोडी मनतातो पानीले पखाल्नुपर्छ । यसको पेस्ट लगाएपछि चर्को घाममा नबस्नुहोस् ।
३. दुई चम्चा जौ को पिठोमा कागतीको रस मिसाई पेस्ट बनाएर दाग भएको ठाउँमा नियमित लगाउने गर्नुहोस्।
४. काँचो दूधमा कपास डुबाई अनुहारमा बिस्तारै दल्ने र केही समय त्यसै छोडेर सुकेपछि मनतातो पानीले धुने गर्दा पनि धेरै फाईदा हुन्छ ।
५. भान्सामा भइरहने बहुगुणी कागती काटेर अनुहारमा दल्ने र केही समय त्यसै छोडी मनतातो पानीले धुने गर्दापनि अनुहारमा चमक बढी कालो दागहरु क्रमिक रुपमा हट्दै जान्छ ।
६. चन्दन परापूर्व कालदेखि औषधीको रुपमा प्रयोग हुँदै आएको हामीले शास्त्रमा समेत पढेका छौँ । यसले छालालाई एन्टीसेप्टिक औषधिय गुण प्रदान गर्छ । कालो दाग रहेको स्थानमा चन्दनको पाउडरमा गुलाब जल र कागती रस मिसाएर पेस्ट बनाएर लगाउने गर्नाले पनि निकै फाइद हुन्छ ।
७. घ्यूकुमारी /एलोभेरामा छालासम्बन्धी अनेक समस्या समाधान गर्ने गुण हुन्छ । यसका लागि अनुहारमा घ्यूकुमारी दलेर सुक्न दिई धुने गर्नुपर्छ । यसले छालालाई म्वइस्चराइज गर्न पनि मद्दत पुर्याउँछ। तर यो लगाएर चर्को घाममा नबस्नुहोस् ।
८.. बदामलाई रातभरि भिजाउने र बिहान उठी यसको पेस्ट बनाई यसमा चन्दनको पाउडर मिसाएर बनाएको पेस्ट अनुहारमा दल्ने गर्नाले अनुहारका दाग बिस्तारै हराउँदै जान्छन्।
९. हरेकको घरमा पाईने तरकारीमध्ये एक हो, आलु । आलुले छालालाई निकै फाईदा गर्छ । यसलाई स्लाइस पारी काट्ने। यसलाई दाग भएको ठाउँमा दली सुक्न दिने र मनतातो पानीले धुने गर्नाले दाग हराउँदै जान्छ। अथवा आलुको पेस्ट बनाई यसमा मह मिसाएर अनुहारमा दली केही समय त्यसै छोडेर धुने गर्नाले अनुहारको दाग हराउँछ।
१०. बेसारमा काँचो दूध र कागतीको रस मिसाई दाग भएको ठाउँमा लगाएर केही मिनेट त्यसै छोडी मनतातो पानीले पखाल्नुपर्छ।
तर अनुहारको छालाको रंगले हाम्रो स्वास्थ्य अवस्था कस्तो छ भन्ने कुरा दर्शाउँछ । तसर्थ अनुहारमा फरक किसीमका दागधब्बा आएमा वा दोहोरीएर देखिरहेको अवस्थामा चिकित्सकसँग सल्लाह लिनुहोस् ।
नियमित पर्याप्त पानी पिउने, सकारात्मक सोँच राख्ने, उर्जाशिल बन्ने, अरुलाई सेवा गर्ने, परोपकारी भाव, दान धर्म गर्नाले पनि जस्ता आनीबानीले पनि अनुहारमा खुसी र चमक दिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया