अरू बेला नयाँ लुगा किने पनि चाडपर्वको अवसरमा जो कोहीले पनि कुनै न कुनै नयाँ पहिरन किनेकै हुन्छन् । अझ दसैँ भनेको धेरैलाई नयाँ लुगा किन्ने र लगाउने अवसर पनि मानिन्छ ।
अहिले बजारमा लुगा किन्नु पर्यो भने छनोट गर्ने धेरै किसिमका माध्यमहरू छन् । अझ सहरी क्षेत्रमा लुगा पसल देखि अनलाइन स्टोरहरू बग्रेल्ती खुलेका छन् । जसको कारण उपभोक्तालाई मूल्य देखि डिजाइनसम्म छनोट गर्ने धेरै किसिमका आधारहरू छन् ।
लुगाका पारखीहरू सकभर आफूले लगाउने लुगा पसल, डिपार्टमेन्ट स्टोरमा गएर लगाएरै छनोट गरिरहेका हुन्छन् । यो बाहेक केही लुगाका पारखीहरू बुटिक वा टेलरमा गएर आफ्नो शरीरको नाप अनुसार सिलाउने पनि गर्छन् ।
यसरी नयाँ लुगा किन्दा होस् वा सिलाउँदा कुन अवसरका लागि आफूले लुगा किनिरहेको भन्ने कुराको हेक्का कमैले राख्ने गर्छन् । काब्या बुटिककी निर्देशक एवं फेसन डिजाइनर रोजिना श्रेष्ठ लुगा भनेको अवसर अनुसार छान्न सकियो भने लगाउने व्यक्तिलाई अझ आकर्षक देखाउने हुन्छ भन्छिन् । चाडपर्व र अन्य अवसरमा लुगाको छनोट कसरी गर्ने, लुगाको सुरक्षा कसरी गर्ने आदी विषयमा फेसन डिजाइनर रोजिना श्रेष्ठले दिनु भएको टिप्सहरू ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया