अाज बुद्दजयन्ती र उभाैली पर्व, प्रधानमन्त्रीद्वारा शुभकामना

अाज २५६२ अाैं बुद्दजयन्ती र किराँतीहरूको मूख्य चाड उभाैली ! प्रधानमन्त्री के.पी. शर्मा अोलीले यी दुवै धार्मिक एवं सांस्कृतिक पर्वको उपलक्ष्यमा शुभकामना दिएका छन् ।

बुद्धजयन्तीको अवसरमा एक सन्देश प्रकाशित गर्दै नेपालको भूमिमा जन्मेर मानव कल्याणका लागि ठूलो योगदान दिनुका गौतम बुद्धका उपदेशहरु विश्वमै लोकप्रिय रहेको प्रधानमन्त्रीले उल्लेख गरेका छन् । 

प्रधानमन्त्री ओलीले बुद्ध धर्मको विश्व भातृत्वको भावनालाई आत्मसात गर्दै सबैलाई मिलेर अगाडि बढ्न प्रेरणा मिलोस् र सबैको कल्याण होस् भन्ने शुभकामना पनि व्यक्त गरेका छन् ।

यसैगरी, प्रधानमन्त्री ओलीले किरातहरुको महान चाड उभौलीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किराँत दिदीबहिनी तथा दाजुभाइहरु प्रति सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । 

प्रकृतिपुजक किराँतीहरूले प्रकृतिलार्इ खुशी पार्नका लागि अाज अाफ्नो प्रमुख चाडका रूपमा धुमधामसँग मनाउँदैछन् ।

किराँतहरूको उभौंली पर्व पृथ्वीमा कृषि युग सुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ । किरातहरू प्रकृति पुजक भएकोले प्रकृतिलाई खुसी पार्नका लागि हरेक वर्ष वाली लगाउने समयमा उनीहरूले यो पर्व प्रमुख चाडका रूपमा मनाउने गरेको छन् । 

बालीनालीमा रोगव्याधि नलागोस्, बाढी पहिरोजस्ता प्राकृतिक प्रकोपबाट जोगिन सकियोस् भन्ने कामनाका साथ मनाइने यस पर्वको ठूलो सांस्कृतिक र सामाजिक महत्व रहेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले किराँतहरुको महान चाड उभौलीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किराँत दिदीबहिनी तथा दाजुभाइहरु प्रति सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । 

शुभकामना सन्देशमा अोलीले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताहरुको संगमस्थल भएको जनाउँदै विविधताभित्र एकता र सामाजिक सद्भाव नेपालको अनुपम विशेषता भएको उल्लेख गरेका छन् । ‘‘भाषा, संस्कृति, भेषभूषा र संस्कार आ–आफ्नो जातीय पहिचान दिलाउने विशेषताहरु हुन् । त्यसैगरी किरात जाति पनि आफ्नो मौलिक संस्कृति र विशेषता बोकेको आदिवासी हो । किरात विविध मूल्य मान्यता र संस्कारले धनी मानिन्छ,’’ शुभकामना सन्देशमा उल्लेख छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?