स्थानीय तहका कारण औषधि अभाव बढ्यो

काठमाडौं : स्थानीय तहले अावश्यक समन्वय नगर्दा देशका ग्रामिण एवं विकट स्थानका स्वास्थ्य संस्थामा अाैषधी अभाव भएको छ । औषधिको मौज्दात भएका ठाउँबाट अभाव देखिएको ठाउँमा ढुवानी नगर्दा बिरामीहरूले समयमै अाैषधी प्रयोग गर्न पाएका छैनन् । 

अाैषधीको ढुवानी गर्ने जिम्मा स्थानीयतहमा रहेको छ । तर, स्थानीय तहलाई अाैषधी खरिदका लागि अावश्यक रकम विनियोजन गरेपनि अभाव हटेको छैन ।

कुन वर्गीकरणका औषधि कुन विधीबाट खरिद गर्नेबारे स्थानीय तहमा अन्याैल छ । यसअघि आवश्यक औषधी खरिद गर्ने जिम्मेवारी क्षेत्रीय स्वास्थ्य निर्देशनालय र जिल्ला जनस्वास्थ्य कार्यालयलार्इ दिर्इएको थियो । 

मुलुक संघीय संरचनामा गएपछि अहिले स्थानीय तह, जिल्ला, क्षेत्रीय स्वास्थ्य निर्देशनालय र केन्द्रले औषधि खरिद गर्न व्यवस्था गरिएको छ । तर यी संयन्त्रबीच समन्वय नहुँदा अाैषधी खरिदमा ढिलार्इ भर्इरहेको छ ।

बाजुरा र बझाङलगायत प्रदेश ६ र ७ मा अन्यत्रभन्दा अाैषधी अभावको बढि समस्या देखिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?