मयुर यातायातले ४५ वटा नयाँ बस थप्ने, एक वर्षभित्र हजार बस गुडाउने दाबी

appharu
0
Shares

काठमाडाैं : संघीय राजधानी काठमाडाैंमा सार्वजनिक यातायातको पर्याय बनिरहेको मयुर यातायातले फेरि ४५ वटा नयाँ बस थपेर यात्रुलार्इ अावतजावतमा सुविधा दिने भएको छ । 

मयुर यातायात कम्पनी प्रा.लि. का अध्यक्ष मोहनबहादुर श्रेष्ठका अनुसार कम्पनीले ४५ वटा नयाँ बस खरिद प्रकृया अघि बढाएको छ । कम्पनीले बस खरिदका लागि टेण्डर गरिसकेकाले एक महिनाभित्र नयाँ बसआइपुग्नेछ । ल्याउन लागिएका नयाँ बस गुडाउनका लागि कम्पनीले सरकारसँग दुर्इ रूट पहिचान गर्ने कार्य भैरहेको छ। मयुरले नयाँ बसका लागि साँखु-रत्नपार्क र लगनखेल-बाँसबारी  दुर्इवटा रुट दिन यातायात यातायात व्यवस्था विभागसँग माग गरेको छ ।

साँखु-रत्नपार्क रूटअन्तर्गत चल्ने बसहरू साँखुबाट थली-मुलपानी-दक्षिणढोका-जोरपाटी-बौद्ध-चावहिल-गौशाला-कमलपोखरी हुँदै रत्नपार्कसम्म र लगनखेल-बाँसबारी रूटका गाडीहरू लगनखेल-जाउलाखेल-रत्नपार्क-लाजिम्पाट-टिचिङ-नारायणगोपालचोक-बाँसबारीसम्म बस चलाउन मयुरले पहल गरिरहेको छ। यी रुटहरुमा थप यात्रुको चाप,माग लगायत अध्ययन गरेर बस संचालनमा ल्याउने कम्पनीको तयारी छ । अहिले मयुरका २४ वटा बसहरुले चक्रपथ परिक्रमा गरेर काभ्रेको पनौति र धुलिखेलसम्म सेवा दिर्इरहेका छन्। 

मयुरले यही अार्इतबारदेखि थानकोट-धुलीखेल रूटमा सञ्चालन गर्नेगरि २४ वटा नयाँ बसमा पेन्टिङ गरिरहेको छ । यो रूटमा चल्ने गाडीले कंलकी-कालीमाटी-रत्नपार्क-माइतीघर-बबरमहल-बानेश्वर-कोटेश्वर हुँदै धुलिखेलसम्म सञ्चालन गर्ने रुट इजाजत प्राप्त गरिसकेको छ । अहिले थानकोट रुटमा साना बस र माइक्रोबस मात्रै संचालनमा छ।

कम्पनीले चाँडै नै चक्रपथ परिक्रमा गर्नेगरि एउटा आरामदायी एसी बस र काठमाडौबाट पर्यटकहरुलार्इ लक्षित गरि पोखरा र लुम्बिनीसम्म पुग्ने आरामदायी लक्जरी बस सञ्चालन गर्ने जनाएको छ । मयुले एक बर्षभित्रमा एक हजार बस सञ्चालनमा ल्याउने दाबी गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?