बाहुलालाई टचस्क्रिन बनाउने स्मार्टवाच

एजेन्सी : मानिसका बाहुलालाई टचस्क्रिनको रूपमा परिवर्तन गर्ने स्मार्टवाचको विकास गरिएको छ । 

अनुसन्धानकर्ताहरूले तयार पारेको यो स्मार्ट विधिबाट तपाईका बाहुलाको छालालाई स्मार्टफोनको टचस्क्रिन जस्तो बनाउने छ । 
यो स्मार्टवाचको मूल्य ६०० अमेरिकी डलर बराबर छ ।

यो स्मार्टवाचको प्रविधिले छाला टचस्क्रिन भएपछि तपाईले आफ्नो औंलालाई टचस्क्रिनमा चलाएर आफूलाई चाहिने काम गर्न सक्ने सुविधा उपलब्ध गराउँछ ।

कारनेगि मेलन युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले यो स्मार्टवाचको विकास गरेका हुन् । यसलाई लुमिवाच भनिएको छ । यो लुमिवाचले लेसर प्रोजेक्टर र सेन्सरको प्रयोगले ४० वर्गसेन्टिमिटरको क्षेत्रमा यस्तो सतह तपाईको बाहुलामा तयार गर्छ । 

यो एक स्टयान्डर्ड स्मार्टवाचको सतहको तुलनामा करिब पाँच गुना बढी हुन्छ । यो बियरलेबल डिभाइसले एन्ड्रोइ सिस्टममा सञ्चालन हुन सक्छ भने यसले ब्लुटुथ र वाइफाइ समेत जोडन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?