यस्ता फुटबल फ्यान, जसले खेल हेर्न राज्यको कानूनै तोडे

एजेन्सी : खेलकुदमा अचम्मका नतिजा मात्र अाउँदैनन्, यो खेलमा अचम्मका घटना पनि घट्छन् । 

इरानको तेहरानस्थित अाजादी रङ्गशालामा यस्तै भएको छ । पाँच महिलाले अाफु समर्थक रहेको क्लबको खेल हेर्न भेष नै बदलेर कडा सुरक्षा घेरा तोड्दै प्याराफिट पुगेका छन् । 

अहिले इरानमा पर्सीयन खाडी प्रो-लिग चलिरहेको छ । सो खेल हेर्न महिलालार्इ निषेध छ । किनकि, सन् १९७९ को इस्लामिक क्रान्तिपछि इरानमा महिलाहरूलार्इ रङ्गशालामा फुटबल हेर्न प्रतिबन्ध छ । 

तर, कानुनको पर्खालले ती ५ महिलालार्इ रंगशाला छिर्न अवरोध गरेन । उनीहरूले अाफ्नो भेषभुषा यसरी परिवर्तन गरिदिए कि, रंगशालाका सुरक्षाकर्मीले ती ५ महिला पुरूष नभर्इ महिला भएको पत्तो लगाउनै सकेनन् । 

नक्कली दारी , नक्कली कपाल र पुरुषको कपडा लगाएर ती युवतीहरुको समूहले तेहरानको आजादी रङ्गशालाको सुरक्षा जाँचकर्ताहरुलाई झुक्याएका थिए । उनीहरु पर्सिएन खाडी प्रो लिगमा पर्सिपोलिसलाई समर्थन गर्न गएका थिए ।

भाइरल भएको एक तस्विरमा प्रतिक्रिया जनाउदै एक सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले ‘उनीहरुले एक दिन आफ्नो असली पहिचानमा रङ्गशाला प्रबेश गर्न पाउन’ भनेर लेखेकी छिन् । डेली मेलमा खबर छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?