निर्देशकलाई हटाएर मात्रै कहिलेसम्म निर्देशक बन्ने रेखा जी ?

काठमाण्डौं । पुराना सफल कलकारहरु यती बेला कोहि सिनेमा निर्माण त कोहि निर्देशन तिर लागी रहेका छन । भने केहि कलाकार सिनेमा क्षेत्र छोडेर अन्य पेशा अंगाली रहेका छन । यस्तैमा चर्चित नायिका रेखा थापाले आफुलाई अहिलेसम्म सिनेमा क्षेत्रमा सक्रिय छिन । उनै रेखालाई केहि वर्ष पहिले सम्म सिनेमाकी रानी भन्ने गरिन्थो उनको अभिनय तथा निर्माण रहेको सिनेमामा नायकलाई समेत छायाँमा पार्ने गर्थिन । तर अहिले समय बदलिएको छ । उनको सिनेमा हलमा कहिले आए गए पत्तै हुदैन । 

नायिका रेखा थापाले काम गर्ने हरेक निर्माता निर्देशक र कलाकारसँग सम्बन्ध नटिक्ने चर्चा जहिले चल्ने गरेको छ । हुन पनि हो उनले काम गरेका थोरै मात्र निर्माता निर्देशक र कलाकारसँग राम्रो सम्बन्ध होला । नत्र सबैसँग कुनै न कुनै बेला पानी बाराबारकै अवस्था छ । 

केहि वर्ष पहिले रेखाले निर्माण गरेको सिनेमा 'हिम्मतवाली'को निर्देशकको रुपमा रेखाले दाई मानेका निर्देशक श्याम भट्टराईलाई निर्देशक लिइन । उनले केहि दिन सिनेमाको कञ्चनपुरमा केहि प्रतिशत छायाँकन गरे तर कहाँ के कुरा मिलेन रेखाले निर्देशक श्यामलाई हटाएर आफै सिनेमाको निर्देशन गरिन सिनेमा व्यवसायिक रुपमा सफल पनि भयो । सिनेमा सफल भएको केहि समय पश्चात उनको सिनेमाका मुख्य कलाकार सुर्दशन गौतमसँग पनि विवाद भयो र उनीहरुको आजसम्म पानी बाराबारको अवस्था छ । 

यस्तै उनले गतवर्ष रुद्रप्रिया निर्माण गरिन सिनेमाले व्यावसायिक रुपमा सफल हुन सकेन । सिनेमा असफल भएपछि उनको र निर्देशक सुदिप बब्ली भुपाल सिंहसँग रेखाको पानी बाराबारको स्थिती छ । यतिसम्म पनि सुन्नमा आएको छकी उनीहरु एकअकार्को नाम समेत लिन र सुन्न चाहान्नन् ।

यस्तैमा रेखा थापाले 'मालीका' नाममा सिनेमा निर्माण गर्दैछिन । यो सिनेमाको जेठबाट सुटिङ्ग सुरु हुैँदैछ । सिनेमा घोषणा ताकाको नाम 'लाल मस्तिष्क' राखिएको थियो । अहिले आएर रेखाले सिनेमाको नाम चेन्ज गरिन । नाम चेन्जसँगै रेखको निर्देशक सम्झना रौनियारसँग के कुरा मिलेन । उनले सिनेमाबाट हात झिकिइन । सम्झना बाहिरिए सँगै 'मालिका'लाई रेखा आफैले निर्देशन गर्ने भएकी छिन । रेखा जी यसरी निर्देशक निकालेर कहिलेसम्म निर्देशक बन्ने । अब सिनेमाको प्रि प्रोडक्सनबाटै सिनेमा निर्देशन बन्ने हिम्मत गर्ने कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?