काठमाडौँमा यौनधन्दाको फरक रुप : टोकन सेक्स !

काठमाडौँ । नेपालमा यौन व्यवसाय गर्नु गराउनु कानुनत गैरकानुनी हो । अझ सार्वजनिक स्थानमा हुने यौन क्रियाकलापलाई समेत कानुनले बर्खिलाप गरेको छ । तरपनि नेपालमा विभिन्न शैलीबाट यौन व्यवसाय सञ्चालन भइरहेकै छ । सडकमा हुने मोलमोलाई देखी ग्राहकले चाहेमा होटल तथा रेष्टुराले केटीको व्यवस्था गरिदिने गरेको घटना नौलो होइन ।

यौन प्यास मेटाउने आशामा धेरै मानिसहरु लुटिएको घटनापनि उत्तिकै बाहिर आउने गरेको छ । तर जति जति सुरक्षा निकायले अवैध धन्दालाई निरुत्साहन गर्न आफ्नो गतिविधीलाई तिब्रता दिन्छ त्यति नै यौन व्यवसाय सञ्चालन गर्नेहरुले फरक–फरक शैली अपनाउने गरेको पाइन्छ । पछिल्लो समय काठमाडौँमा यौनधन्दा सञ्चालनको निकै कहालीलाग्दो घटना बाहिर आएको छ । महानगरीय प्रहरी प्रभाग गोँगबुले टोकन दिएर यौन व्यवसाय सञ्चालन हुने गरेको तथ्य बाहिर ल्याएको छ ।

प्रभागको टोलीले गत बैशाख १६ राति केटीलाई कोठामा बस्न लगाई केटालाई टोकन दिएर यौन सम्पर्क गर्न पठाउने न्यू डायमण्ड होटल दिपज्योतीका सञ्चालक देवराज गौतमलाई पक्राउ गरेसँगै सो तथ्य बाहिर आएको हो । प्रहरीले गौतमसहित छ जना केटी र चार जना केटालाई समेत पक्राउ गरेको छ । पक्राउ परेकालाई थप अनुसन्धान गरेर आवश्यक निर्णय लिने प्रहरीले जनाएको छ ।

 

दलाल , होटल र कल गर्ल कनेक्सन 
काठमाडौँमा यौन धन्दा सञ्चालन गर्नेहरुको आफ्नै किसिमको सञ्जाल रहेको न्यू डायमण्ड होटलका साञ्चालकलाई पक्राउ गरेसँगै खुल्न आएको छ । प्रहरीलाई गौतमले दिएको बयान अनुसार टोकन यौन धन्दा सञ्चालनको लागी एउटा सञ्जाल नै रहेको प्रभाग प्रमुख प्रहरी निरिक्षक(इन्पेक्टर) प्रताप पौडेल बताउछन् ।

पौडेल भन्छन् “यसरी यौनधन्दा सञ्चालन हुन्छ भन्ने जानकारी पहिलादेखी नै भएपनि प्रमाण जुटाउन नसक्दा हैरानी थियो, निकै फलोअप पछि हाम्रो इन्भेष्टिगेशन सफल भएको छ ।” पौडेलको अनुसार यौन प्यास मेटाउन चाहनेलाई होटलले खटाएको दलालले न्यू डाइमण्ड होटलमा ल्याउछन् । होटलको काउन्टरमा अनगिन्ति टोकनहरु हुन्छ । टोकन अनुसार विभिन्न केटीहरु देखाइन्छ र ग्राहकले रोजे अनुसारको केटी होटलको कोठामा ग्राहकसहित पठाइन्छ । एउटा ग्राहकसँग ४ देखी ५ हजार उठाइन्छ । तर केटीलाई भने १ हजारदेखी १५ सयसम्म दिइन्छ ।

दिनभर वा आवश्यकता अनुसार केटी रातभर पनि त्यही होटलका ग्राहकसँग बस्छिन् टोकनको आधारमा पैसा लिएर फकन्छिन् । यस्तै ग्राहक र केटी दुबैको व्यवस्था मिलाउने दलालले प्रति गाहक ५ सयदेखी १ हजार पाउछन् । बाँकी कमाई होटलको हुन्छ ।

अझ पक्राउ परेकाहरुबाट सानो परिणाममा भएपनि गाँजासमेत भेटिनुले यस्तो यौन धन्दा सञ्चालन हुने स्थान नै अपराधको अखडा त भएको होइन भन्ने प्रश्न पेचिलो भएको पौडेल बताउछन् । होटल, दलाल र केटीमात्र कनेक्सनमा यस्तो धन्दा भइरहेको छ कि ! यसमा अन्य कसैको संरक्षण छ त्यसमा पछि अनुसनधान भइरहेको पौडेलको भनाई छ । 

गैरकानुनीधन्दामा प्रहरी निर्दयीपूर्वक प्रस्तुत हुन्छः एसएसपी पोखरेल 
न्यू डाइमण्ड होटल त एक उदाहरणमात्र हो, पछिल्लो समय फल्याट भाडामा लिएर यौनधन्दा चालाउनेको सञ्जाल नै रहेको प्रहरीको आँकडा छ । यसको निरुत्साहनको लागी प्रहरीले अभियान नै चलाउने र कोही कसैको संरक्षण देखिए संरक्षण गर्नेलाई समेत कारबाहीको दायरामा ल्याइने महानगरिय प्रहरी परिसरका प्रमुख (एसएसपी) विश्वराज पोखरेलले बताए ।

पोखरेल भन्छन् “कानुनको अधिनमा रहेर व्यवसाय गर्ने अधिकार हरेक नागरिकलाई छ । तर गेष्ट हाउस देखाएर यौन अखडा चलाइन्छ भने जो कोहिलाई पनि छोडिन्न ।” 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?