गायकबाट निर्देशक बन्दै यशकुमार,फस्टलुकमा डेव्युगर्ल कामना

काठमाण्डौ । आधुनीक गायनमा चम्कीएको नाम हो यश कुमार । उनी गायक सिनेमाको अभिनेता निर्माता हुँदै अब सिनेमा निर्देशक भएका छन । उनले निर्माण निर्देशन गरेको पछिल्लो सिनेमा 'छिरिङ्ग'को यतीबेला पोष्ट प्रोडक्सनको काम भइरहेको छ । यो भन्दा पहिले उनले 'बाटो मुनीको फूल'  र 'बाटो मुनीको फूल २' निर्माण गरेका थिए ।

'छिरिङ्ग'मा यशकुमार निर्माता निर्देशकको रुपमा मात्रै नभई मुख्य अभिनेता पनि हुन् । यसमा यश कुमारका अलवा चर्चित पप गायक निमा रुम्बा र कामना भुजेलको मुख्य भुमिका रहेको छ । निमाले 'कागबेनी'बाट अभिनयमा डेव्यु गरेका थिए । चन्द्र पन्तको दन्द्ध निर्देशन गरेको सिनेमालाई मानकृष्ण मर्हजनले छायाँकन गरेका हुन् । सिनेमाको कथा लेखन स्वयंम यश कुमारले तयार पारेका हुन् । 'छिरिङ्ग'को फस्टलुकमा नायिका कामना भुजेललाई फिचर्ड गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?