खाना पचाउन मदत गर्ने योग आसन (भिडियोसहित)

लोकपथ
42
Shares

खाना खाएपछि हामी सामान्यतया केहीबेर सुस्ताउँछौँ वा केही समय स्थिर भएर बस्छौँ । यो तपाईँ हामी सबैको चलन हो । अझ चाडपर्वको बेला हाम्रो खानपिन स्वाभाविक रूपमा अरू समयको भन्दा बढी हुन्छ खाना खानेबित्तिकै हिँड्न पनि पाइँदैन । यस्तो समयमा धेरै खानेकुरा खाँदा पचाउन झनै गाह्रो हुने गर्छ ।

खाएको खानालाई पचाउन मदत गर्ने योगमा एउटा सरल आसन रहेको छ ‘बज्रासन’ । योगका सबै आसन पेट खाली भएको अवस्थामा गर्न मिल्ने किसिमका भए पनि बज्रासन भने खाना खाएपछि गर्न मिल्ने एउटा मात्र आसन मानिन्छ । खाना खाएर केही मिनेट नियमित रूपमा यो आसन गर्दा खानालाई पचाउन मदत गर्छ ।

पतञ्जलि योग समिति नेपालका योग गुरु लोकनाथ खनालले खानलाई पचाउन मदत गर्ने बज्रासन कसरी गर्ने भन्ने विषयमा सिकाउनुभएको भिडियो हेर्नुहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?