काठमाडाैं : स्पेनिस क्लब रियल म्याड्रिड युरोपीयन च्याम्पियन्स लिगको फाइनलमा छनोट भएको छ ।
मंगलबार राती अाफ्नै घरेलु मैदा बर्नाबाउमा खेलेको खेलमा मड्रिडले बार्यन म्युनिखलार्इ २-२ को बराबरीमा रोक्दै समग्रमा ४-३ को जीत निकाल्यो । दोस्रो लेगको खेलमा मड्रिडले म्युनिखलार्इ २-२ को बराबरीमा रोक्यो ।
खेलको शुरूमै बार्यनका जोसुअा किमिचले गोल गरेपनि ११ अाैं मिनेटमा मड्रिडका करिम बेन्जेमाले घरेलु टोलीका लागि पहिलो गोल फर्काए । दोस्रो हाफको शुरूमा पुन : गोल थप्दै बेन्जेमाले मड्रिडलार्इ अग्रता दिलाएका थिए । तर ६६ अाैं मिनेटमा बार्यनका लागि हामेस रोड्रिग्वेजले बराबरी गोल गरे ।
खेलको अन्तिम अवधितिर बार्यनले अाक्रमक खेल खेलेपनि गोल थप्न सकेन । पहिलो लेगम रियलसँग २-१ को हार ब्यहोरेको बार्यन पछिल्लो हारसँगै सेमिफार्इनलबाट बाहिरिएको छ ।
अब उपाधिका लागि रियलले रोमा र लिभरपूलको विजेतासँग खेल्नेछ । लिभरपुल पहिलो लेगमा ५-२ ले अघि छ । मड्रिड लगातार तेस्रो पटक लिगको उपाधि जित्ने दाउमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया