युटयुबका स्टारहरू चिट चोराउन सिकाउँछन

एजेन्सी: युटयुबका स्टारहरूले चिट चोराउन सिकाउने गरेको र त्यसबारे पैसा पाउने गरेको खुलासा भएको छ । विद्यार्थीहरूलाई आफै पढन सिक्न भन्दा पनि तयार पारेका सामग्री किन्न भन्ने युक्रेनस्थित इडुब्रिडलको व्यापार प्रवद्र्धनमा २५० भन्दा बढी च्यानलहरूले सहयोग पु¥याइरहेको अध्ययनबाट यस्तो खुलेको हो ।

बीबीसीले गरेको अध्ययनबाट सार्वजनिक भएको यो विषयमा गम्भीरहुँदै युट्युबले आफ्ना सहयोगी च्यानलहरूलाई यसो गर्नु उचित व्यवहार नभएकोबारे सतर्क गराउने विश्वास दिलायो । इंग्ल्यान्डका लागि विश्वविद्यालय मन्त्री स्याम गिमाहले यस्तो कार्य नगराउन युट्युबको नैतिक दायित्व भएको बताए ।

यो विषयको खुलासा भएबाट आफू चकित भएको उनले जनाए । चिटचोर्ने कार्यको उद्योग सञ्चालन हुनु दुखको विषय भएको उनले जनाए । यस्तो कार्यको विज्ञानप गर्नेहरूले यसबापत रकम भुक्तानी हुने गरेको बताए । एडम सलेह जस्ता युट्युबका स्टारहरूले यस्तो कार्य गरिरहेका छन् । एप्लस प्राप्त गर्न सकिने निबन्धहरूको बिक्री प्रवद्र्धनका विज्ञापनहरू गरिएको पाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?