नाइजेरियाको मस्जिदमा आत्मघाती हमला, २७ को मृत्यु

नाइजेरियाको उत्तरी पूर्वी शहर मुबीमा आत्मघाती हमला भएको छ । सो हमलामा परि कम्तिमा २७ जनाको मृत्यु भएको छ भने एक दर्जन भन्दाबढी मानिस घाइते भएका छन् ।

मुबीमा दिउँसोको प्रार्थनाको तयरी भइरहेको बेला सो आक्रमण भएको थियो । मस्जिदभित्र र बाहिर विस्फोट भएको थियो । 

यो आक्रमणमा इस्लामिक चरपन्थी समूह बोको हरामको हात हुनसक्ने प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार सन् २००९ देखि नाइजेरियाको उत्तरी क्षेत्रलाई इस्लामिक स्टेट बनाउनुपर्ने माग राख्दै बोको हरामले संघर्ष गर्दै आएको छ ।

बोको हरामको आक्रमणबाट नाइजेरियामा हालसम्म २० हजार मानिसको मृत्यु भइसकेको छ भने २० लाख मानिस विस्थापित भएका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?