मोरङ (विराटनगर) : ४ जनाको हत्या र दर्जनाैं प्रहरी अधिकारीलार्इ छानबीनको दायरामा तानेको ३३ किलाे सुन तस्करी काण्डका सबै अारोपितमाथि बुधबार मुद्दा दर्ता गरिँदैछ । जिल्ला प्रहरी कार्यालय मोरङले जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गर्न लागेको हो ।
३३ किलाे सुन तस्करी प्रकरणमा पक्राउ परेका २८ र फरार ३४ जनाबिरूद्द मुद्दा दर्ता गर्न लागेको मोरङ प्रहरीले जानकारी दिएको छ। प्रहरीले सरकारी वकिलको कार्यलयमा मुद्दाको मिसिल बुझाएलगत्तैए अभियोगपत्र तयार गरि मुद्दा दर्ता गर्नेछ ।
सुन तस्करीका मुख्य अभियुक्त 'गोरे; भनिने चूडामणी उप्रेती
तस्करी प्रकरणमा संलग्नमाथि प्रहरीले अपहरण, कर्तव्य जान र संगिठत अपराध गरि ३ किसिमका मुद्दा दर्ता गर्नेछ । मुख्य अभियुक्त 'गोरे' भनिने चुडामणी उप्रेतीबिरूद्द संगठित अपराध तथा अपहरण एवं कर्तव्य ज्यान मुद्दा लगाउनेछ । बाँकीलार्इ पनि प्राप्त प्रमाण र कसुरका अाधारमा छुट्टाछुट्टै मुद्दा दर्ता गर्ने तयारी मोरङ प्रहरीको छ ।
सुन तस्करीको घटनामा संलग्न सेवानिवृत्त र बहालवाला गरि ६ प्रहरी अधिकारी, सुनका भरिया सनम शाक्यको हत्यामा संलग्न भनिएका ६ जना, ३ सुन व्यापारी र सुन तस्करी हुँदा त्रिभुवन विमानस्थलमा कार्यरत १३ कर्मचारीलार्इ प्रतिवादी बनार्इ मुद्दा हाल्न लागिएको हो ।
सुन तस्करीमा संलग्न ठहर गरिएका एसपी विकासराज खनाल
नेपाल प्रहरीका पूर्वडीआईजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डीएसपीद्वय प्रजित केसी र सञ्जय राउत, सई बालकृष्ण सन्जेल र जवान विष्णुबहादुर खड्कामाथि संगठित अपराध सम्वन्धी मुद्दा चलार्इँदैछ । यस्तै, प्रहरीको नियन्त्रणमा अार्इसकेका त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका कर्मचारीहरू क्रमश : लालबहादुर मगर, हेमन्त गौचन, वीरेन्द्रमान श्रेष्ठ, सम्बिर तोलाङ्गे, बालकृष्ण श्रेष्ठ, दोरम खत्री, कपिलराज पुरी, गोपाल श्रेष्ठ, पुण्य लामा, राजन थापा, राजु महर्जन, अमर डंगोल, तुलाराम थारू विरुद्ध पनि संगठित अपराधमा मुद्दा दर्ता गर्ने मोरङ प्रहरीले जानकारी दिएको छ ।
तस्करसँग मिलोमतो गरि सुन भित्र्याएको अारोप लागेका पूर्व डीअार्इजी गोविन्द निराैला
सुन तस्करीमा संलग्न व्यापारीहरू क्रमश : महावीर गोल्यान राजेन्द्रमान शाक्य र राप्रपा नेता भुजुङ गुरुङले पनि संगठित अपराधको मुद्दा खेप्दैछन् । सुनका भरिया भनिएका सनम शाक्यको हत्यामा प्रत्यक्ष संलग्न भएको अारोप लागेका मोहन कार्की, एकराज मल्ल, नरेन्द्र कार्की, लाक्पा शेर्पा र मोहन घिमिरे (माधव) लाई सनम हत्याको प्रतिवादीका रूपमा मुद्दा दायर हुनेछ ।
३३ किलाे सुन तस्करी प्रकरणले मानव हत्या र राज्यको सुरक्षा संयन्त्रलार्इ नै हल्लाउन थालेपछि गृह मन्त्रालयले सहसिचव र्इश्वर पाैडेललको नेतृत्वमा छानवीन समिति गठन गरि अनुसन्धान गरिरहेको छ। समितिले पहिलो चरणको अनुसन्धान सकेको छ । अनुसन्धानक्रममा यो कुख्यात सुन तस्करी प्रकरणमा संलग्न देखिएका सबैमाथि एकैसाथ मुद्दा दर्ता गर्न लागिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया