पतिको पासपोर्ट लिएर स्पेनबाट हवाई यात्रा

एजेन्सी : हवाई यातायातका लागि राहदानी (पासपोर्ट) नभइ नहुने वस्तु हो । व्यक्तिको पासपोर्ट बिना हवाई यात्राका लागि विमानस्थलमा छिर्नसम्म गाह्रो हुन्छ । 

तर एक महिलाले स्पेनबाट पतिको पासपोर्ट लिएर दिल्लीसम्मको यात्रा गर्न भ्याएकी छिन् । म्यानचेस्टरबाट दिल्लीसम्मको ४हजार २सय माइल टाढासम्मको हवाई यात्रा ती महिलाले कसरी गरिन भन्ने विषयको अनुसन्धान विमान कम्पनीले भने गरिरहेको छ ।

अप्रिल २३का दिन भारतका लागि व्यावसायिक प्रयोजनका लागि आउँदा भूलवस आफ्नो पतिको पासपोर्ट लिएर निस्केको गीता मोधाका एक नातेदारले जनायो । इमिरेटसको उडान सेवाबाट उनी स्पेनबाट दिल्ली  विमानस्थलमा आइपुगेपछि मात्र उनले पतिको पासपोर्ट लिएर आएकी हुन भने थाहा पाइन् ।

यसको जवाफमा इमिरेटसले माफी माग्दै भन्यो“ ठूला बडाको पासपोर्टबारे धेरै खोजतलाश सामान्यरूपमा गर्ने गरिदैन । दिल्ली विमानस्थलमाा अध्यायगमन फर्म भर्ने बेला आफूले पासपोर्ट गलत बोकेको मोधाले थाहा पाएको उनका दिल्लीका नातेदारले जनायो ।

उनलाई भारतमा प्रवेश गर्ने अनुमति दिइएन र उनलाई दुबई अर्को उडानबाट फिर्ता पठाइयो । दुबई विमानस्थलमा त्यतिखेरसम्म कुरिन जबसम्म उनको पासपोर्ट अर्को उडानबाट ल्याइएन् । ग्रेटर म्यानचेस्टरस्थित रसोल्ममा अलंकार हाउस ब्रिडल सप चलाउने ती कारोबारी महिलाले पासपोर्ट लिएर दुबईबाट दिल्ली पुगिन् ।

म्यानचेस्टर विमानस्थलले पासपोर्टको पहिचान गर्ने जिम्मेवारी विमान कम्पनीको भएको जनाएको छ । विमान कम्पनी इमिरेटसले यसबारे छानबिन भइरहेको जनाएको ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?