बच्चा जन्माउने भोजन

एजेन्सी : दम्पत्तिहरू गर्भ धारणका लागि के गर्ने के नगर्ने विषयमा व्यापक सरसल्लाह लिने गर्छन् । तर उनीहरूले यो विषय उनीहरूको भोजनसँग सम्बन्धित हुन्छ र भोजनमा समावेश गरिने वा गरिएका खानेकुरामा परिवर्तन गर्दा समस्या समाधान हुन सक्ने अध्ययनबाट पता लागेको छ ।

गर्भधारण गर्ने दम्पत्ति मध्येको महिलाले हो । हावर्ड युनिभिर्सिटीको अमेरिकी जर्नल अफ अब्स्टेट्रिक्स एन्ड गाइनाकलजीमा महिला र उनीहरूले खानेकुराबीच गर्भधारणको विषय एक अर्कासँग जोडिएको रहेको उल्लेख गरिएको छ ।

यो सम्बन्धी अध्ययनका प्रमुख लेखक डा. जोस चाभारोले जनाए अनुसार भोजन र प्रजननबारे  विगत दसवर्षमा धेरै लेखिएका छन् । तर तिनीहरूको सम्बन्धका बारेमा थोरै लेखिएका छन् ।
प्रजननका लागि महिलाहरूका लागि महत्वपूर्ण खान हुन हुने पाँच खाना र खान नहुने तीन खानाको बारेमा उनले उल्लेख गरेका छन् ।

महिलाले गर्भधारणको सम्भावनालाई बढी बनाउन खान हुने खानेकुराहरूमा पहिलो हो स्यालमन माछा ।

स्यालमन माछामा ओमेगा–३ नामक एसिडको मात्र उच्च हुन्छ । यो एसिडले प्रजननांगहरूमा रगतको प्रवाह गराउने भएको विषय प्रमाणित भएको छ । यो एसिडले गर्भासयका रसायनहरूलाई बढाउँछ , शरीरको हार्मोनलाई नियमित गराउन सहयोग गर्छ र डिम्बोत्सर्जनको प्रवद्र्धन गर्छ । ओमेगा–३को एक तत्व डीएचए शुक्राणुमा पाइन्छ । शुक्राणुका कोषहरूलाई प्रवद्र्धन गर्न यसले मद्दत गर्छ । शिशुको मगज र आँखाका विकासका लागि दुई पोषण जु्म्ल्याहा तत्व लिसी लाकातोस र टयामी लाकातोस यो डीएचएमा समावेश भएको हुन्छ । स्यालमनको अभावमा अखरोट र बिउ, अण्डा र दालहरू खानुपर्छ । दोस्रो वस्तु पालुंगो हो ।

पालुगोमा फोलेट, भिटामिन बी प्रचुरमात्रा हुने हुनाले यसले डिम्बोत्सर्जनको सम्भावनालाई बढाउने गरेको छ । फोलिक एसिडले कोष विभाजन र डीएनए उत्पादनमा मद्दत गर्छ । यसले स्वास्थ्य र गर्भधारण दुवैका लागि सहयोग गर्छ । तेस्रो सग्ला अन्नहरू महत्वपूर्ण हुन्छन् ।

यसमा जौ , बार्ली जस्ता अन्न समावेश गरिएका छन् । गेडागुडी चौथोमा पर्छ ।

अनि पाँचौमा गाढा रंगको चकलेट भोजनमा महत्वपूर्ण मानिन्छ ।

प्रजनन स्वास्थ्यका लागि राम्रो नमानिएको सोया, फ्राइड फुड्स र सोडा रहेका छन् ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?