तिन पत्रकारको सहकार्यमा ‘गोपी’ बन्ने, खगेन्द्र र सुरक्षाको जोडी

काठमाडौं । नेपाली सिनेमा ‘गोपी’ निर्माण हुने भएको छ । ‘गोपी’लाई समिक्षक तथा सिनेमा पत्रकार दिपेन्द्र लामाले निर्देशन गर्नेछन् । ‘घामपानी’ पछि उनको यो दोस्रो निर्देशकिय सिनेमा हो । ‘गोपी’ देशमै केहि उद्यम गर्छु भन्ने एक युवाको कथामा आधारित रहेर निर्माण हुने छ । कुनै एक व्याक्तिले निजी व्यवसाय गर्ने क्रममा आउँने पारिवारिक, सामाजिक र नितिगत अवरोधकाबीच कसरी सफलता हात पर्छ भन्ने कथा यो सिनेमामा रहने निर्देशक लामाले बताए । उनले भने यो मेरो मनमा खेलीरहेको कथा थियो यसैलाई मैले सिनेमामा उर्तान कोशिस गर्नेछु । 

यसमा पछिल्लो समय कम तथा राम्रो सिनेमामा काम गर्ने अभिनेताको रुपमा चिनीएका खगेन्द्र लामिछानेको मुख्य भुमिका रहने छ । ‘गोपी’को कथा, पटकथा पत्रकार सामिप्यराज तिमिल्सेनाले तयार पारेका हुन् । भने यसका कार्यकारी निर्माता फोटो पत्रकार श्रीधर पौडेल हुन् ।

आरोही इन्टरटेनमेन्टको व्यानमा निार्माण हुने ‘गोपी’मा खगेन्द्रका अलवा सुरक्षा पन्त, अंगीत खड्का, प्रकाश घिमिरे लगायतका कलाकारको मुख्य भुमिका रहने छ । ‘गोपी’मा पहिलो पटक मनिकर्ण केसी र आरोही केसीले लगानी गर्दैछन् । सिनेमामा शैलेन्द्र डी कार्कीको छायाँकन, निमेष श्रेष्ठको सम्पादन रहने छ । 

यस्तै सिनेमाका मुख्य कलाकार खगेन्द्रले भने मैले ‘बधशाला’ पछि पहिलो पटक अरुको कथा र निर्माणमा काम गर्दैछु । मलाई आजसम्म बाहिरी व्यानरबाट यती राम्रो स्कृप्ट आएकै थिएन त्यसैले मैले आफ्नै लेखन रहेको कथामा काम गरे । मैले ‘जय भोले’को घोषणा कार्यक्रममा पनि भनेको थिए, मलाई बाहिरी व्यानरको राम्रो स्कृप्टबाट अफर आए काम गर्छु, भनेको थिए । तर, मलाई यती छिट्टै यती राम्रो स्कृप्ट लिएर कोहि आउला भन्ने सोचेकै थिएन । दिपेन्द्र जीले मलाई अफर गर्नु भयो मैले कथा सुने मनपर्यो काम गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?