काठमाडौं। बागमती प्रदेशमा आजदेखी सार्वजनिक सवारी साधनको भाडादर बढेको छ । प्रदेश सरकारले बढाएको सार्वजनिक सवारी साधनको भाडादर आजदेखि लागू भएको हो ।
प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले यसअघि नै आजदेखि लागू हुने गरी नयाँ भाडादर तोकेको थियो । सोहि भाडादर आजबाट बढेको हो । योसँगै काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक यातायातमा चढ्ने बित्तिकै १८ रुपैयाँ भाडा तिर्नुपर्नेछ ।
बागमती प्रदेश भित्र चल्ने यात्रुबाहक सार्वजनिक सवारी साधन (उपत्यका बाहेक) को हकमा २३ प्रतिशतले वृद्धि भएको छ ।
काठमाडौं उपत्यकाभित्र ५ किलोमिटरसम्म यात्रा गर्ने यात्रुले १८ रुपैयाँ तिर्नुपर्नेछ । यसैगरी, १० किलोमिटरसम्म २३ रुपैयाँ, १५ किलोमिटरसम्म २७ रुपैयाँ, २० किलोमिटरसम्म ३० रुपैयाँ र २० किमिभन्दा माथि ३५ रुपैयाँ भाडा लाग्ने मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया