उपमहानगरपालिका निरिह, पत्रकारले उठाए फोहोर

गगन अयडी, धनगढी-धनगढीको प्रमुख स्थान दशरथ भिम उद्यान अघि लामो समय देखी रहेको फोहोर युवा पत्रकारहरुले सफा गरेका छन ।
 दशरथ भिम उद्यानले सडक छेउमा थुपारेको फोहोर पत्रकारहरुले उठाउनु परेको भन्दै स्थानीयले उपमहानगरपालिका र उद्यानको आलोचना गरेका छन । उनिहरुले दशरथ भिम उद्यानको फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी भएपनि अमानविय ढंगले लामो समय देखी सडकमा फोहोर थुपारेको भन्दै आक्रोस समेत व्यक्त गरेका छन ।
 धनगढी उपमहानगरपालिका ३ का रामकुमारी चौधरीले नगरपालिकाको कर्तव्य भएको बताए  । स्थानीय तहमा जनप्रतिनिधि आएका भएपनि उनिहरुले चासो नदिएका बताए  ।
 सात नम्बर प्रदेशको आन्तरीक मामिला तथा कानुन मन्त्रालय अगाढी रहेको फोहोर उठाँउन उपमहानगरपालिका र भिम उद्यान एकले अक्रोको जिम्मेवारी हो भनेपछि युवा पत्रकारहरुको समुहले फोहोर उठाएको हो ।
 तिन ट्रली  फोहोर  पत्रकारहरुको समुहले उचित स्थानमा व्यवस्थापन गरेको छ । उपमहानगरपालिकालाई फोहोर उठाउन आग्रह गरेका पत्रकारहरुले उपमहानगरपालिकाले बेवास्था गरेपछि आफै फोहोर उठाएका हुन । नगर क्षेत्रलाई सफा राख्न सबैको जिम्मेवारी भएको भन्दै पत्रकारहरुले फोहोर सफा गरेका हुन ।

उनिहरुले समाज परिवर्तनकालागि सबैको सहकार्य आवस्यक रहेको बताएका छन । जिल्ला सम्वनय समितिका कार्यक्रम अधिकृत योगेन्द्र ओझाले नगरलाई सफा राख्न व्यापारीहरुले समेत चासो देखाउनु पर्ने बताए  । उनिहरुले प्रदेशको अस्थाई मुकामको प्रमुख स्थानमा लामो समय देखी फोहोर थुपारीएको भन्दै उपमहानगरपालिकाको आलोचना गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?