काठमाडौँ- विराटनगर जुट मिल्स लिमिटेडको विशेष साधारणसभा बोलाइएको सूचनाप्रति अध्यक्ष वसन्त वनले गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ ।
पदमा बहाल नरहेका प्रबन्ध सञ्चालक निलहरि काफ्लेको हवाला दिँदै विशेष साधारणसभा आह्वान भएपछि अध्यक्ष वनले बुधबार विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाउनुभयो । वैशाख १३ गतेदेखि नै पदमा नरहेका काफ्लेले साधारणसभा आह्वान गर्नुभएको थियो ।
“अवकाश भइसकेको व्यक्तिले अधिकार क्षेत्र बाहिर गएर आह्वान गरेको विशेष साधारणसभा गैरकानूनी हुने भएकाले सूचनाबमोजिमको विशेष साधारणसभा नरहेको र यसप्रति कुनै पनि शेयरधनीलाई भ्रममा नपर्न अनुरोध गर्दछु”–अध्यक्ष वनले विज्ञप्तिमा भन्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया