लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं :  लिभरपुल इङ्गलिस प्रिमियर लिग फुटबलको उपाधि प्रतिष्पर्धा (फार्इनल) मा पुगेको छ।

प्रतिद्वन्दी रोमासँग बुधबार राती खेलेको दोस्रो लेगमा लिभरपूल ४-२ गोलअन्तरले पराजित भयो । तर, यसअघि खेलेको पहिलो लेगमा लिभरपुर ५-२ ले विजयी भएको थियो । दोस्रो लेगमा हारेपनि समग्रमा ७-६ को नतिजासहित लिभरपूलले उपाधि भिडन्त पक्का गरेको हो । 

बुधबार राति भएको भिडन्तमा लिभरपुललाई हराउन रोमाका राड्जाले दुई र इडेन डिजेकोले एक गोल गरे । लिभरपुलका जेम्स मिल्नरको आत्मघाती गोल रोमाले थप एक गोल जोड्यो । लिभरपुलका लागि साडियो माने र जर्जिनियोले एक-एक गोल फर्काएपनि लिभरपूलको जीतका लागि पर्याप्त भएन । 

च्याम्पियन्स लिग उपाधिका लागि लिभरपूलले डिफेन्डर च्याम्पियन रियल मड्रिडसँग प्रतिष्पर्धा गर्नेछ । मड्रिडले यसअघि नै वायर्न म्युनिखलाई हराउँदै फाइनलमा स्थान पक्का गरिसकेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?