काठमाडौं : अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पलार्इ जिताउन फेसबुक प्रयोगकर्ताको गोप्य सूचना चोरी गरेको अारोप खेपिरहेको एक कम्पनी बन्द हुने भएको ।
प्रयोगकर्ताका गोप्य सूचना र तथ्यांक चोरेर ट्रम्पलार्इ सहयोग गरिएको भनिएको क्याम्ब्रिज एनालिटिका कम्पनी बन्द गर्न लागिएको हो ।
राजनीतिक पार्टीहरूलार्इ परामर्श दिने यो कम्पनीले अाफ्नो वेभसार्इटमा सूचना निकाल्दै व्यवसाय बन्द गर्न लागेको जनाएको छ । कम्पनीमाथि अमेरिकी चुनावताका झन्डै ९ लाख फेसबुक प्रयोगकर्ताको गोपनीयता चोरेको अारोप छ ।
कम्पनी बन्द गर्ने सूचना जारी गरेपनि एनालिटिकाले अाफुमाथि लागेको अारोपको भने खण्डन गरेको छ । अाफुहरूले तथ्यांक नचोरेपनि कम्पनीको बदनाम गरिएको र यसबाट कम्पनीका सवै ग्राहक र सप्लायरहरू गायब भएको एनालिटिकाले जनाएको छ ।
निरन्तरको मिडिया कभरेजका कारण कम्पनीको बदनाम भएको र हाल व्यवसाय चलाउनै मुस्किल परेकाले बन्द गर्न लागेको कम्पनीले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।
एनालिटिकाले सूचना चोरी गरेको अारोपसँगै फेसबुक समेत विवादमा मुछिर्इरहेको छ । फेसबुकका संस्थापक एवं मालिक मार्क जुकेरबर्गले अाफुहरूले गल्ती गरेको स्वीकारिसकेका छन् र अबउप्रान्त सञ्जाल प्रयोगकर्ताको सुरक्षामा थप कदम चाल्ने प्रतिबद्दता जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया