सिन्डिकेट लाद्ने यातायात व्यवसायी नै फुटे

appharu
0
Shares

काठमाडौं : सरकारले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका जारी गर्दै देशभर यातायात क्षेत्रको सिन्डिकेट खारेज गर्न लागेपछि सरकार र यात्रुविरूद्द अान्दोलन गरिरहेका सिन्डिकेटधारी यातायात व्यवसायी दुर्इ गुटमा विभाजित भएका छन् । 

सिन्डिकेट नियन्त्रण गर्ने निर्देशिका नै खारेज हुनुपर्ने माग राखेर अान्दोलन गरिरहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ दुर्इ धारमा विभाजित भएको हो । नेकपा एमाले र माअोवादी केन्द्रनिकट गाडीवालाले सरकारले वार्तामा बोलाए अाफुहरू सहभागी बताएका छन् । एमाले र माअोवादी इतरका यातायात व्यवसायीले चाहिँ निर्देशिका खारेज नभएसम्म अान्दोलन गरिरहने र वार्तामै नबस्ने बतार्इरहेको छ । 

एमाले र माअोवादी निकटका यातायात व्यवसायीले बुधबार छुट्टाछुट्टै कार्यक्रम गरि सरकारसँग वार्ताका लागि याचना गरेको हो । एमालेसम्बद्द नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठन र माअोवादीसम्बद्द गणतान्त्रिक यातायात व्यवसायी संघले वार्तामार्फत सरकारसँग समन्वय गर्न लागेको जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?