काठमाडौं । सेयर बजारको ओरालो यात्राले आज (मंगलबार) पनि ओरालो यात्रा तय गरेको छ । यो समाचार तय पार्दासम्म सेयर बज्र मापक नेप्से परिसूचक ३.५९ प्रतिशतले घटेको घटिसकेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार १ बजेर १० मिनेट जाँदा नेप्से ९३.०१ अंकले घटेर २४९५.०५ बिन्दुमा पुगेको छ । यता सेन्सेटिभ परिसूचक पनि १६.९२ अंकले घटेर ४६८.२७ बिन्दुमा पुगेको छ ।
यो समाचार तयार पार्दासम्म २१३ वटा कम्पनीको ५१ लाख ४८ हजार १७ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब एक करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
सो अवधिसम्म १३ उपसमूहमा १३ वटै उपसमूहको सेयरमूल्य घटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया