चीन बाहेकको एसिया व्यापार युद्धको मारमा

एजेन्सी : अहिले चीन अमेरिकाबीच व्यापार युद्धको प्रारम्भिक अभ्यास शुरू भएको देखिएको छ । उदाउँदो शक्तिशाली देश चीनले अमेरिकाको सर्वाधिक शक्तिशाली देशको उपाधि खोज्ने अन्तिम जोडबल लगाइरहेको छ ।

आर्थिक सैनिक तथा राजनीतिक क्षेत्रमा विश्वभर आफ्नो पकड बलियो पार्दै आएको चीनले अमेरिकाले चालेको चाललाई मात दिँदै आएको देखिएको छ । पछिल्लो समय यी दुई देशले एक अर्काका  उत्पादनहरूमाथि कर थोपरेर व्यापार युद्धको स्थिति उत्पन्न गराएका छन् ।

अमेरिकाका कोष मन्त्री (ट्रेजरी सेक्रेटरी ) स्टिभ म्नुचिन बेइजिंग गइरहेका छन् । उनको यो भ्रमण चीनसँग व्यापारसम्बन्धी छलफल गर्ने विषयमा केन्द्रित रहेको छ ।
दुवै देशले एक अर्काका उत्पादनमाथि थपेको कर महसुलको कार्यान्वयन हुन भने अझ बाँकी रहेको छ। 

यस विषयमा चीन अमेरिकाले छलफल गरिरहेको भएपनि यसबारे बीबीसीकी एसिया बिजनेस संवाददाता करिश्मा वासवानीले एक दृष्टिकोण प्रस्तुत गरेकी छिन् । त्यस आधारमा अमेरिका र चीनलाई व्यापार युद्धबाट दुई देशलाई हानि हुनु भन्दा पनि चीन बाहेकको एसियालाई हानि पु¥याउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?