हिमाली क्षेत्रमा हिमपात

लोकपथ
21
Shares
file photo

धनगढी । दार्चुलाका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भइरहेको छ।

आइतबार रातिदेखि भइरहेको अविरल वर्षासँगै व्यास गाउँपालिका वडा नम्बर १ को तिंकर गाउँसहित लेकाली भेगमा सोमबार बिहानदेखि हिमपात भइरहेको प्रहरीले जनाएको छ। हिमपातले उच्च पहाडी डाडाकाडा ढाकीएका छन्।

जिल्लाको अपिहिमाल गाउँपालिका, व्यास गाउँपालिका, दुहुँ गाउँपालिका, मार्मा गाउँपालिका र नौगाड गाउँपालिकाको उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने गरेको छ। हिमपात भएसँगै तिकंरको जनजीवन कष्टकर बनेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?