एजेन्सी : कोही लाखौं कमाउन विदेश जान्छन्, कोही लाखौं खर्चेर घुम्न विदेश जान्छन् । लाखौं खर्चेर विदेश घुम्न जानेहरूका लागि भाइकिंग क्रुजले अहिलेसम्मकै लामो यात्रा अवधि सहितको योजना सार्वजनिक गरेको छ ।
अन्टार्टिका बाहेक यो क्रुजले २४५ दिनसमम घुमाउने छ । ८ महिना५ दिनको यो अवधिमा निरन्तर घुमाइरहँदा यसले ५९ देश घुमाउने छ । यो यात्रा लण्डनबाट शुरू हुनेछ ।
३१ अगस्त २०१९बाट यो यात्रा प्रस्थान भइ २ मे २०२०मा फर्किन अघि जारी रहनेछ । यो भ्रमण अवधिमा ११३ बन्दरगाहमा पुगिनेछ ।जस अन्तगर्त क्यारेबियन आइल्याण्ड, साउथ अमेरिकी शहरहरू , भूमध्यसागरीय शहर रहेका छन् ।
भाइकिंगले यसअघि सन् २०१७मा तय गरेको यात्रा तालिका भन्दा यो करिब दोब्बर अवधिको छ । यसमा ९३० यात्रुहरूले यात्रा गर्ने छन् । पानी जहाजको यो यात्राका लागि दैनिक ३७९.५५अमेरिकी डलरको दरले कुल अवधिको खर्च ९२.९९० हुनेछ ।
यो खर्चमा बिजनेस क्लासको अन्तर्राष्ट्रिय हवाई यात्रा, जहाजबाट जहाजमा स्थान्तरण खर्च, सबै सेवा शुल्क,तीन पूरक भिसा सेवा, गुन्टाभारी सेवा शुलक र क्रुजमा रहेका बेला पेय पदार्थ खर्च समावेश गरिएको छ ।
यो यात्राको क्रममा लण्डनबाट लस एन्जेल्ससम्म १२७ दिन र लस एन्जेल्सबाट लण्डन फर्किने समय ११९ दिनको तय गरिएको छ । निसन्देह ठूला कम्पनीका मालिकहरू रमाउन यो यात्रामा जान सक्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया