मैदानमै यसरी कुटिए रेफ्री

यूथोपियाको प्रिमियर फुटबल लिगमा एक रेफ्री कुटिएका छन्  । मिलिट्री डिफेन्स टिम र एडिग्रेट युनिवसिटी टीम बीचमा भएको  खेल १–१को बराबरीको अवस्थामा चलिरहेको बेला रेफ्रीले आफ्नो एक फैसलामा बलले गोल लाइन नाघेको बताए । यसरी उनले डिफेन्स टिमलाई एक गोलको अग्रता दिए ।

रेफ्रीको यो निर्णयबाट रिसाएका एडिग्रेट टिमका खेलाडीहरुले त्यसपछि उनलाई लखेट्न थाले  ।  उक्त टीमका कोचले रेफ्रीलाई मैदानमा पछारे ।

मैदानमा घटेको यो घटनापछि एडिग्रेट टिमको कोचलाई उनको पदबाट हटाइएको छ । यसका साथै यूथोपियाली फुटबल फेडरेशनले लिगका बाँकी सम्पूर्ण खेलहरु रद्द गरिदिएको छ ।

देशका सरकारी प्रशारणकर्ता इटीवीले अनलाइन पोस्ट गरेको एक भिडियोमा खेलाडीहरुले लखेटेपछि रेफ्री मैदानको किनारमा गाडिएको झण्डाको सहाराले आफूलाई बचाउन खोजिरहेको देखिन्छ ।

केही समयदेखि युथोपियामा खेलहरुमा भएको हिंसाको कयैन घटनाहरु बाहिर आएको छ । यो ताजा घटनाले प्रशासनलाई लिगमा रोक लगाउन बाध्य बनाएको छ ।

बिहिबार फेडरेशनका अधिकारीहरुले लिगको सबै १६ टिमहरुसँग बैठक बोलाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?