कस्तो देखियो ‘द प्रिन्स’मा शिवानी र प्रिन्सको जोडी (फोटो फिचर)

काठमाण्डौ । मनद घिमिरेको निर्देशमा निर्माण भैरहेको सिनेमा 'द प्रिन्स'को यतीबेला धमाधम काठमाण्डौको चपली हाइट स्थीत छायाँकन भैरहेको छ । सिनेमाको छायाँकन सेटबाट केहि तस्वीर बाहिरीएका छन । जसमा कहिँ कतै डेव्यु नायिका शिवानी गिरी र सिनेमा मुख्य कलाकार प्रिन्स थापा देखिएका छन्  । 

सिनेमाको घोषणा कार्यक्रममा शिवानी टिममा रहेको खुलाइएको थिएन । तर, हामीलाई प्राप्त तस्वीरमा शिवानी र प्रिन्सको जोडी सिनेमामा रहेको बुझिन्छ । श्रोतका अनुसार सिनेमाकी मुख्य नायिका नै शिवानी गिरी हुन्   । एन. पी. फिल्मस्को व्यानरमा निर्माण भैरहेको सिनेमाका निर्माता बिष्णु सिवाकोटी हुन्  ।

सिनेमामा अधिकाँश नयाँ कलाकारको अभिनय रहने छ ।  'प्रिन्स'को कथा संगीतकार समेत रहेका सम्राट थापाले तयार पारेका हुन् । सिनेमामा प्रिन्स र शिवानीका अलवा  सरोज खनाल, शिवु शाह, कशिश दाहाल, मनिषा पाण्डे निशा केसी लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?