मूल्यवृद्धि फिर्ता नभए आन्दोलनमा उत्रिने राप्रविसंको चेतावनी

काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि फिर्ता लिन माग गरेको छ । 

उद्योग वायिाज्य तथा आपूर्तिमन्त्री मातृका यादवलाई बिहिबार ज्ञापनपत्र बुझाउँदै संगठनले पेट्रोलियम पदार्थमा पटक–पटक भएको मूल्यवृद्धि ७२ घण्टाभित्र फिर्ता लिन माग गरेको हो । 

ज्ञापनपत्रमा लेखिएको छ यदि तोकिएको ७२ घण्टाभित्र मूल्यवृद्धि फिता नलिए चरणबद्ध आन्दोलनमा उत्रन वाध्य हुने चेतावनी समेत दिइएको छ ।

उनीहरुले जनताको जीवनसँग जोडिएको तथा आम सर्वसाधारण, व्यवसायी, उद्योग, विद्यार्थी लगायत सम्पूर्ण नागरीहरुको जनजिवनमा प्रत्यक्ष असर परेको विज्ञप्तिमा उल्लेख गरीएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?