काठमाडौं । प्रभु बैंकले गत आर्थिक वर्षको साधारण सभा बोलाएको छ । चुक्त पूजी ८ अर्ब नाघेको बैंकले डिबेञ्चार तथा बण्ड जारी गर्ने प्रस्तावसहित साधारण सभा बोलाएको हो ।
बैंकको केन्द्रिय कार्यालय बबरमहलमा आगामी जेठ १० गतेका लागि साधारण सभा बोलाएको बैंकले अझै मर्जरमा जानका लागि मार्ग प्रशस्त गर्ने प्रस्ताव साधारण सभामा लैजाँदैछ ।
साथै बैंकले सञ्चालक समितिमा कम्तीमा एक जना महिला सञ्चालक रहने व्यवस्था गर्ने प्रस्ताव पनि साधारण सभामा लैजाँदै छ ।
गत आर्थिक वर्षको तेस्रो त्रैमासमा झण्डै डेढ अर्ब कमाई गरेको बैंकले अहिले ५७ करोड ८७ लाख कम अर्थात ८६ करोड ७१ लाख रुपैंया खुद नाफा कमाएको थियो ।
बैंकले निष्काशन गरेको ४० प्रतिशत हकप्रद मध्ये झण्डै २३ लाख कित्ता सेयर लिलाममा राख्न बाँकी छ । उक्त सेयर लिलाम गरेर प्रिमियम आर्जन गरे पछि बैंकको लाभांस बितरण क्षमता बढ्नेछ । चौथो त्रैमाससम्ममा बैंकको अहिलेको अवस्थामा केही सुधार भएको आभाष लगानीकर्ताले गर्न पाउने देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया