आइसक्रिम खानुका यस्ता छन् फाइदा

गर्मीको मौसममा आइसक्रिम खानुको मजा त छ नै । अझ आइसक्रिमका पनि आफ्नै स्वाद छन् । आइसक्रिम सुन्न बित्तिकै बच्चादेखि बूढासम्मको मुखमा पानी आउँछ । तर धेरैलाई यसका फाइदाका बारेमा थाहा नहुन सक्छ । आइसक्रिममा भिटामिन, क्याल्सियम र प्रोटिनको मात्रा धेरै हुन्छ ।

दूधका अन्य उत्पादनमा पाइने प्रोटिन जस्तै आइसक्रिममा पाइने उत्पादनमा पनि प्रोटिनको स्रोत हुन्छ । यसले शरीरको हरेक पार्टस्, मांसपेशी, त्वचा, हड्डी र रगतका लागि लाभ दिन्छ । आइसक्रिमले गर्दा माशंपेशी अझै बलियो बन्छ ।

त्यस्तै आइसक्रिममा भिटामिन ए, बी टु र बी १२ पनि हुन्छ । जसका कारण रोगसँग लड्ने शक्तिका लागि यो बेस्ट हुन्छ । भिटामिन ए ले आँखाको ज्योति पनि बढाउँछ । त्यस्तै बलियो हड्डी, स्वस्थ त्वचा, स्वस्थ दाँत, कपाल, आँखाको विकासका लागि पनि यसले सन्तुलनमा राख्न सहयोग पु–याउँछ ।

आइसक्रिम खानको अर्को फाइदा के हो भने शरीरमा क्याल्सियमको माग पूरा गर्न पनि यसले मद्दत पुराउँछ । दूधका अलावा दूधबाट बनेका अन्य पदार्थ मोही, घ्यू, आइसक्रिम पनीर, दही आदिको पनि सेवन गर्नु लाभदायी हुन्छ । क्याल्सियम हड्डीका लागि मात्र नभएर मोटोपन घटाउनका लागि पनि प्रभावकारी हुन्छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?