एजेन्सी: अमेरिकामा बन्दुकको व्यवसाय ठूलो व्यवसाय हो ।
सन् २०१६मा मात्रै बन्दुक उद्योगले अमेरिका भरबाट प्रत्यक्ष एवं अप्रत्यक्ष गरी ५१.३ अर्ब अमेरिकी डलर बराबरको थियो ।
बन्दुक मालिकहरू, खुद्रा बिक्रेताहरू, उत्पादक एवं वितरणकर्ताहरूको संगठन द नेशनल सूटिङ स्पोर्ट्स फाउन्डेशन(एनएसएसएफ)ले उपलब्ध गराएको आंकडा अनुसार अमेरिकामा बन्दुकको व्यवसाय ठूलो व्यवसायको रूपमा फैलिएको हो ।
एनएसएसएफले सन् २०१७मा तयार पारेको प्रतिवेदनका आधारमा अमेरिकाभरि बन्दुक उद्योगको आर्थिक प्रभाव रहेको उल्लेख गरिएको छ ।
आगो ओकल्ने उद्योगको योगदान ज्याला, रोजगार, कर र कूल आर्थिक उत्पादनमा कस्तो रहेको छ त्यसबारे यो प्रतिवेदनमा जनाइएको छ ।
अमेरिकाका संघीय प्रदेशहरूमा बन्दुक उद्योगको विस्तारको विवरणले अमेरिकामा बन्दुक उद्योग तीव्रगतिमा विस्तार भइरहेको उद्योगको रूपमा स्थापित हुँदै गएको दर्शाउँछ ।
अमेरिकी अर्थतन्त्रममा यो एक बलियो आधार मध्येको एक हो ।
आगो ओकल्ने उद्योगले ३ लाख भन्दा बढीको रोजगारी दिएको छ भने यसले १५ अर्ब अमेरिकी डलर भन्दा बढीको ज्याला उपलब्ध गराउने गरेको जनाइएको छ ।
२० प्रदेशहरूमा बन्दुक उद्योगको कुल आर्थिक प्रभाव अर्बौ अमेरिकी डलरमा रहेको छ ।
रोड आइल्यान्ड र भर्मोन्टजस्ता उत्तरपूर्वी अमेरिकाको साना प्रदेशहरूको स्थान तल्लो तहमा छ भने बन्दुक उद्योगको आर्थिक योगदानको आधारमा क्यालिफोर्निया र टेक्सास जस्ता प्रदेश शीर्ष स्थानमा रहेका छन् ।
बन्दुक प्रदेशको रूपमा नबुझिने न्यूयोर्क पनि शीर्ष दशौंमा पर्छ ।मिनेसोटा शीर्षको तेस्रो स्थानमा छ ।
रोजगार दिने उद्योगको रूपमा बन्दुक उद्योगको आधार मान्दा पेनसिल्भानिया, ओहिओ, फ्लोरिडा र टेक्सास जस्ता ठूला जनसंख्या भएका प्रदेशहरू शीर्ष स्थानमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया