काठमाडौं । आज शुक्रबारदेखि अल नेपाल रिलीज भएको सिनेमा हो 'डमरुको डन्डीबियो' । छेतेन गुरुङको निर्देशनमा विनोद गुरुङ र नोर्बु छिरिङ्ग घलेले निर्माण गरेका हुन् । सिनेमाको आज राजधानीमा अवस्थीत कुमारी हलमा प्रस शोको आयोजना गरिएको थियो ।
जहाँ सिनेमाकर्मी देखि लिएर पत्रकार सम्मको बाक्लो उपस्थीती रहेको थियो । डन्डीबियो हेर्न निर्देशक दिवाकर भट्टराई, सुरेन्द्र पौडेल, रामबावु गुरुङ, कलाकार प्रशान्त ताम्राकार, आर्यन अधिकारी, अभिनेत्री झरना थापा, निर्माता सुनिल कुमार थापा, सिनेमाका मुख्य कलाकार खगेन्द्र लामिछाने, अशान्त शर्मा, बुद्धि तामाङ, अंकित खड्का, लक्ष्मी बर्देवा, मिश्री थापा लगायतका कलाकार हल पुगेका थिए ।
सिनेमा हेरेर हलबाट निस्किदै गर्दा दर्शक, सिनेमाकर्मी र पत्रकारले सिनेमा उत्कृष्ट बनेको प्रतिक्रिया दिए । सवैले सिनेमाका कथा लेखक तथा अभिनेता खगेन्द्र लामिछानेको कामको तारिफ गरे ।
हलबाट निस्कदै गर्दा खगेन्द्रले पत्रकारसँग कुरा गर्दै भने, हामीले एउटा राम्रो सिनेमा निमार्ण गरेर दर्शक माझ पठाएका छौँ । यदि सिनेमा दर्शकलाई मन परे सिनेमा सफल हुने र मन नपरे असफल हुने भन्दै यो सम्पूर्ण जिम्मा दर्शकलाई छोडेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया