सिटी एक्सप्रेसद्वारा ‘सिटी आयो लखपति बनायो’ योजनाअन्तर्गत पाँच लखपति बिजेता घोषणा

लोकपथ
35
Shares

सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘सिटी आयो लखपति बनायो’ योजनाअन्तर्गत पहिलो महिनाको पाँच भाग्यशाली बिजेताको नाम घोषणा गरेको छ। सोही योजनाअन्तर्गत ५ जनाले जनही १ लाख जित्न सफल भएको सिटी एक्सप्रेसले जानकारी गराएको छ। कम्पनीले विद्युतीय प्रणालीद्वारा विजेता छनौट गरेको थियो।

जसमा जापानबाट अन्जु घले, साउदीबाट यमलाल भुसाल, कुवेतबाट मीन कुमार श्रेष्ठ र जानुका चौलागाइँ र दुबईबाट उमेश यादव लखपति बन्न सफल भएका छन्।

सिटी एक्सप्रेसले दशैँको अवसरमा ६१ दिनसम्म चल्ने यो उपहार योजना गत भदौ ३१ गते घोषणा गरेको थियो । योजनाअन्तर्गत लक्की ड्रमार्फत ६१ दिन लगातार हरेक दिन १ जना विजेतालाई १० हजार उपहार प्रदान गरिन्छ। साथै हरेक महिना ५ जनालाई १–१ लाख गरी २ महिनासम्म १० जना लखपति बन्ने योजनामा रहेको छ।

कम्पनीका अनुसार अफर असोज १ गतेदेखि कात्तिक ३० गतेसम्म लागू हुनेछ र यो अवधिभरी सिटी एक्सप्रेसमार्फत देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही योजनामा सहभागी हुनेछन्। साथै यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीको हकमा लागू नहुने कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?