काठमाडौं, २४ असोज– एमालेले आगामी मंसिर १० र २१ गतेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन नसार्न सरकारलाई चेतावनी दिएको छ ।एमालेको मंगलबार बसेको स्थायी समिति बैठकले निर्वाचन सारिए लोकतन्त्रमाथि खतरा हुने निष्कर्ष निकालेको हो । ‘निर्वाचन सार्नु भनेको लोकतन्त्रमाथिनै खतरा हो । सरकारमा रहेका मन्त्रीहरु फिर्ता पठाइन खोजिनु आचारसंहिता र कानून विपरितको काम हो ’ बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै एमाले उपाध्यक्ष भीम राववले भने, ‘यो काम सरकारबाट नहोस् ।’उनले एमालेसहितको माओवादी र नयाँ शक्तिबीचको बाम गठबन्धन चुनावको तयारीमा जुटिसकेको भन्दै मिति दायाँबायाँ पार्ने कार्य नगर्न सरकारलाई चेतावनी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया