काठमाडौं । अहिले काठमाडौंको आकाशमा टर्कीस एयरलाइन्सको विमान लगातार फन्को लगाइरहेको छ ।ल्यान्डिङमा केही समस्याभएका कारण टर्कीस एयरलाइन्सको A330-343 कलसाइनको विमानले आकाशमा फन्को लगाइरहेको छ ।
विमानले पहिलोपटक ल्यान्ड गर्ने खोजेको थियो तर मिस एप्रोचका कारण विमानले ल्यान्ड गर्न सकेको थिएन ।
टर्कीस एयरलाइन्सको विमान टर्कीको इस्तम्बुलबाट काठमाडौंका लागि उडेको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘मिस एप्रोच’ भएका कारण विमानले ल्यान्ड गर्न नसकेको हो । केही बेरमा विमानले ल्यान्ड गर्ने बताइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेश नाथ बास्तोलाका अनुसार मिस एप्रोचका कारण विामन ल्यान्ड गर्न नसकेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया