काठमाडौं । काठमाडौंको आकाशमा टर्कीस एयरलाइन्सको विमान लगातार फन्को लगाइरहेको विमानले सुरक्षित अवतरण गरेको छ ।
ल्यान्डिङमा केही समस्या भएका कारण टर्कीस एयरलाइन्सको A330-343 कलसाइनको विमानले आकाशमा फन्को लगाइरहेको थियो ।
विमानले पहिलोपटक ल्यान्ड गर्ने खोजेको थियो तर मिस एप्रोचका कारण विमानले ल्यान्ड गर्न सकेको थिएन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार मिस एप्रोच भएका कारण विमानले ल्यान्ड गर्न नसकेको थियो ।
काठमाडौंको आकाशमा लगातार केही फन्को लगाएको टर्कीस एयरलाइन्सको विमानले अहिले अवतरण गरेको छ ।
यो पनि पढ्नुहोस् : टर्कीस एयरलाइन्सको विमानलाई त्रिभुवन विमानस्थलमा ल्यान्ड गर्ने समस्या, लगातार आकाशमा फन्को
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया