रुपन्देही । लुम्बिनी प्रदेशमा नेकपा एमालेको वडाअधिवेशन अन्तर्गत रुपन्देहीको कञ्चन गाउँपालिकाका सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । शनिबार पार्टीको केन्द्रीय कार्यालयमा एक कार्यक्रमकाबीच पूर्व प्रधानमन्त्री पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट वडाअधिवेशनको उद्घाटन गरेसँगै देशभरका ६ हजार ७ सय ४३ वटा वडाको अधिवेशन सुरु भएको थियो ।
जस अन्तर्गत कञ्चन गाउँपालिकामा रहेका ५ वटै वडामा वडाअधिवेशन सर्वसम्मत रुपमा सम्पन्न भएको नेकपा एमाले कञ्चन गाउँकमिटी अध्यक्ष भरतमणी सापकोटाले जानकारी दिएका छन्। कञ्चन गाउँपालिकाभित्र रहेका जिल्ला, प्रदेश र केन्द्रिय नेतृत्वको सहभागितामा सबै वडामा उत्साहजनक रुपमा अधिवेशन सम्पन्न भएको नेकपा एमाले कञ्चन गाउँकमिटी सचीव लेखनाथ पौडेलले जानकारी दिए ।
देशभर एक साथ भएको वडाअधिवेशन कञ्चन भित्र पनि कार्यकर्ता र नेतृत्वबिचमा विवादरहित तरिकाले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न सफल भएको जिल्ला सदस्य गोकर्ण बहादुर क्षेत्रीले जानकारी दिए।
वडा नेतृत्व नेपाल कम्युनिस्ट पाटी नेकपा एमाले नवनिर्वाचित कञ्चन वाड कमिटी अध्यक्षहरु, वार्ड नं १ बालकृष्ण पौडेल, वार्ड नं २ अध्यक्ष धनिश्वर पौडेल, वार्ड नं ३ अध्यक्ष लालप्रसाद शर्मा, वार्ड नं ४ अध्यक्ष कविराज ढकाल, वार्ड नं ५ अध्यक्ष उमा ढकाल चयन भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया