काठमाडाैं : सरकारले बजेट अनुशासन र कार्यतालिका मिच्दै निकै ढिलागरि 'बजेट अधिवेशन' अाब्हान गरेको छ । अार्इतबार बस्नेगरि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद (प्रतिनिधीसभा) र राष्ट्रियसभाको दोस्रो अधिवेशन अाब्हान गरेकी हुन् ।
बजेट अधिवेशनमा मुलत : अाउँदो अार्थिक बर्षको बजेट एवं सरकारका नीति तथा कार्यक्रममाथि संसदमा छलफल हुने र प्रधानमन्त्रीले जवाफ दिने काम हुनेगर्छ । तर, निकै ढिला गरि बजेट अधिवेशन डाक्दा बजेट तयारी र कार्यान्वयनमा सरकारको भूमीका कमजोर देखिएको छ ।
यी काम हुनेछन् बजेट अधिवेशन अविधमा :
- नियमावली मस्याैदा समितिको प्रतिवेदनमाथि छलफल, संशोधन र पारित
- पहिलो बैठकमा पेश गर्ने अध्यादेश पारित,
- अर्थमन्त्रीद्वारा बजेटका सिद्दान्त र प्राथमिकता प्रस्तुत गर्ने (वैशाख २६ देखि २८ गतेभित्र),
- राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुती र सम्बोधन (जेठ पहिलो हप्ता),
- सरकारको राजस्व र बार्षिक खर्च अनुमान (बजेट) प्रस्तुत, (जेठ १५ गते),
- सरकारले ल्याएको बजेटमाथि छलफल (बजेट सार्वजनिक भएपछि)
- विनियोजन विद्ययक प्रश्तुत, मन्त्रालयगत/शीर्षकगत छलफल र पारित गर्ने, अाश्रित विद्ययक, राष्ट्र ऋण उठाउने विद्ययक र ऋण तथा जमानत विद्ययक पारित गर्ने (संसदले तोकेको समयभित्र)
- संविधान कार्यान्वयन गर्न अावश्यक विद्ययकमाथि छलफल, सार्वजनिक महत्वका संकल्प प्रस्तावमाथि छलफल (अधिवेशन अवधिभित्र),
- संसदीय अभ्यासका लागि अावश्यक समितिहरू गठन
बजेट तर्जुमा कार्यतालिकाअनुसार सरकारले वैशाखको पहिलो हप्ताभित्रै संसदको अर्थ समितिमा बजेटको सिद्दान्त र प्राथमिकताबारे छलफल गर्नुपर्ने उल्लेख छ । तर, हालसम्म पनि सरकारले संसदीय समितिहरू गठन गरेको छैन । संसदीय छलफल बिना नै बजेट ल्याउने वा जेठ १५ भन्दा केहि दिन अघि समिति गठन गरेर सामान्य छलफल गरार्इ बजेट सार्वजनिक गर्ने सरकारको नीति छ ।
अाज डाकिएको दुवै सभाको अधिवेशन ४ बजेदेखि एकैसाथ शुरू हुनेछ । संसद सचिवालयले यी दुवै सभामा संघीय सदनको अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरी सुनाउने, ज्ञात अज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्ने तथा अधिवेशनअघि जारी भएका चारवटा अध्यादेशहरु प्रस्तुत हुने सम्भावित कार्यसूची तयार गरेको छ । दुवै सभासँगसम्बन्धी नियमावली मस्यौदा समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची पनि तय गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया