फुटपाथका व्यापारी बिचल्लीमा पर्दै

काठमाडाैं :  उपत्यकाका सडक पेटीको अावागमनमा अवरोध गरेको र अनाैपचारिक अर्थतन्त्रलार्इ बढावा दिएको जनाउँदै काठमाडाैं महानगरपालिकाले फुटपाथमा हुने व्यापारमाथि कडार्इ गर्न लागेको छ । 

फुटपाथमा व्यापार हुने अवधि अर्थात साँझ ६ बजेदेखि राती १० बजेसम्म सडक किनारा खाली राख्न महानगरले नगर र नेपाल प्रहरी खटाउन लागेको छ । हाल महानगरले दिउँसोतिर केही कडार्इ गरेपनि साँझपछि फुटपाथमा व्यापार गर्न दिने गरेको छ । फुटपाथमा व्यापार गरेबापत व्यापारीले सरकार वा स्थानीयतहलार्इ कुनै कर वा राजस्व नतिरेपनि महानगरपालिकाका कर्मचारीहरूले हरेक हप्ता व्यापार गर्न दिएबापत पैसा असुल्ने गरेको अारोप लाग्ने गरेको छ । 

कार्यालय जाने र अाउने समयमै व्यापारीले अाफ्ना सामान फिजाएर बेच्न राख्दा काठमाडाैंका फुटपाथमा व्यस्त समयमा यात्रु हिँड्न पाउँदैनन् । विशेषगरि कान्तीपथअन्तर्गत जमल, रत्नपार्क, भृकुटीमण्डप, पुतलीसडक, बानेश्वर, भोटाहिटी, कोटेश्वर, गौशाला, गोंगबु, सुन्धारा, न्यूरोड, कालीमाटी, कलंकी र नयाँबसपार्क क्षेत्रमा यात्रु हिँड्ने सडकपेटी सडक व्यापारीले अोगटेर व्यापार गर्ने गर्छन् । 

फुटपाथ व्यापारीको कब्जामा पर्दा यात्रु सडकमा झरेर हिँड्नुपर्ने अवस्था छ । यसकारण दुर्घटना समेत निम्तिने गरेको छ  भने फुटपाथ व्यापारले शहरी साैन्दर्य र सभ्यतामा ह्रास अार्इरहेको ठहर गर्दै महानजरले सडक व्यापारीमाथि कडार्इ गर्न लागेको हो । 

यसअघि सडक मिच्दै व्यापार गर्ने व्यापारीबाट नियन्त्रण गरिएको सामान फिर्ता लिन २ हजार रूपैयाँसम्म जरिवाना तिरे हुने व्यवस्था पनि खारेज हुँदैछ । महानगरले अब उप्रान्त सडक व्यापारीबाट जफत गरिएको सामान फिर्ता नदिने र अाफैंले लिलामीमा बेचिदिने भएको छ । 

सडके व्यापारीहरूलार्इ यसअघि झैं महानगरले सडकबाट विस्थापित गरेपनि अन्यत्र व्यापारका लागि स्थान समेत नदिने भएको छ । यसअघि सडकबाट खेदेपछि महानगरले खुल्लामञ्चको एक भागमा सडक व्यापारीलार्इ व्यापार गर्न दिएको थियो । तर, सो स्थानमा पुरानो बसपार्क सारेपछि व्यापारीहरू पुन : सडकमै फर्किएर फुटपाथ कब्जा गरेका थिए । 

महानगरले फुटपाथमा हुने व्यवसायमाथि कडा रवैया देखाउने निर्णय गरेपनि, निम्नवर्गमा नागरिकप्रति संवदेनशील हुने ठानिएको वाम गठबन्धनको सरकारले यसबारे पुनर्विचार गरि व्यापार गर्ने स्थान तोकिदिने अाशामा फुटपाथ व्यवसायी छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?