एजेन्सी: किराना सामानको बिक्री पसलको शृंखला सञ्चालन गर्ने कम्पनी गो अपले बेलायतको मिल्टन किन्स क्षेत्रभरि सामान पुर्याउन रोबोटहरूको प्रयोग गरिरहेको छ ।
स्टारशीप टेकनलजिले बनाएको त्यो रोबोटमा ६ पांग्रा जडान गरिएको छ । यो रोबोटले विगत चार सातादेखि उपभोक्ताहरूलाई सामान पुर्याइरहेको छ ।
सेवा वापत उपभोक्ताले तिर्ने गरेको १ पाउन्ड स्टर्लिंग बराबरको रकम स्टारशीपको खातामा जाने गर्छ । कम्पनीले यो महिनाको शुरूमा १ हजार यस्ता रोबोट एक वर्ष ल्याउने जनाएको थियो ।
यसले युरोप र अमेरिकाको करपोरेट क्षेत्र तथा शैक्षिक क्षेत्रमा सेवा उपलब्ध गराउनेछ ।रोबोटमा कूल बक्स जडान गरिएको छ जसमा सामान राखिन्छ ।
यो मेसिनलाई जीपीएस विधिबाट परिचालन गरी उपभोक्तासम्म पुुर्याइन्छ । यो स्मार्टफोनको कोडबाट पनि उपभोक्ता भएको ठाउँमा सामान लिएर पुग्छ ।
पांग्राको मद्दतले जमीनमा गुडने यो ड्रोन आफै सञ्चालित हुन्छ । गो अपले यसमा थप सुधार गरी विकास गरिने जनाएको छ ।
सामान पुर्याउन यी रोबोटहरूले परीक्षण अवधिको क्रममा २० देशका १०० शहरमा १ लाख माइल भन्दाबढी माइलको यात्रा गरिसकेका छन् ।
यो२२ इन्च अग्लो र २८ इन्च लामो रहेको छ । यसले अधिकतम १० किलोको पार्सल लिएर उपभोक्ताको दैलामा पुग्ने गर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया