भारतमा लगानी लगाउन नचाहने अर्बपति

८७ अबर ७० करोड अमेरिकी डलर बराबरको सम्पतिका मालिक वारेन  बफेट विश्वका तेस्रा धनाढय व्यक्ति हुन् । शेयर बजारबाट मुनाफा कमाउने विश्वका ख्यातिप्राप्त व्यक्तिका रूपमा उनी चिनिन्छ । तर उनी  भारतमा लगानी लगाउन चाहँदैन् । 

हालै प्रकाशित एक प्रतिवेदन अनुसार बफेटको होल्डिंग कप्नी बर्कशार हाथवेसँग अहिले ११६ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति छ । उनको अमेरिकी एयरलाइन्स, एप्पल र अमेरिकन एक्सप्रेसमा समेत लगानी रहेको छ ।

तर बफेटले चीन र भारतजस्तो उदीयमान अर्थतन्त्रमा लगानी लगाउने चाहना राखेका छैन् । अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैकजस्ता प्रसिद्ध संस्थाहरूले भारत र चीनलाई उदीयमान अर्थतन्त्रको रूमा मानेका बेलापनि बफेटको लगानी यी दुई देशमा देखिएको छ्रैन् ।

यसका पछाडि विकसित अर्थव्यवस्थामा लगानी लगाउने रणनीति रहेको छ । एप्पलमा लगानी भएपनि उनीसँग आइफोन छैन् । उनले आफ्नो पुरानो फोनलाई नै उपयोग गरिरहेका छन् । बफेटले आफ्नो आर्जित सम्पत्तिको ९९ दान दिइसकेका छन् । यो दान आफ्नो नामको फाउन्डेसनलाई नभएर मिलिन्डा फाउन्डेसनलाई दिएकाछन् ।

बफेटले यी दुई देशमा लगानी लगाउनका पछाडि यहाँ लगानी सम्बन्धी जटिलता विकसित अर्थतन्त्रको तुलनामा बढी रहेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?