नेपाल चलचित्र निर्माता संघद्वारा आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं । काठमाडौं । नेपाल चलचित्र निर्माता संघले जेठ २ गतेदेखि आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

आफ्नो व्यावसायिक हितको लगि सेयर बाडफाड सम्बन्धमा चलचित्र भवनहरुसँग राखिएका मागहरु पुरा नभएमा निर्माताहरु बृहत संघर्षमा उत्रने शुक्रबार भएको निर्माता संघको भेलाले परित गरेको छ । निर्माता संघले आयोजना गरेको भेलाले निम्न अनुसारका आन्दोलनका कार्यक्रम तय गरेको छ ।

जस अनुसार जेठ १ गतेका दिन सम्पूर्ण चलचित्र निर्माता हातमा कालोपट्टी बाँधेर विरोध स्वरुप चलचित्र हलमा उपस्थित हुने । जेठ २ गतेका दिन चलचित्र बिकास बोर्डको कार्यलयमा गई कुनै पनि भाषाका सिनेमाको सेन्सर नगर्न दवाब दिई धर्ना दिने । यति गर्दा पनि आफ्नो माग सुनुवाई नभए जेठ ४ गते देखि नेपालभरका सिनेमा घरमा कुनै पनि भाषाका सिनेमा रिलीज गर्न नदिने कार्यक्रम तय गरिएको चलचित्र निर्माता संघका महासचिव तथा चलचित्र संघर्ष समितिका संयोजक रोज राणाले एक प्रेस विज्ञप्ती मार्फत जानकारी दिए । 

यता चलचित्र हल व्यावसायिको छाता संगठन नेपाल चलचित्र संघले पनि एक विज्ञप्ती जारी गर्दै आफुहरु चलचित्र निर्मातासँग वार्ता गर्न तयार रहेको भन्दै जेठ १० गते भित्र निर्माता संघसँग वार्ता हुने बताएको छ । चलचित्र संघको केन्द्रीय कार्य विशालनगरमा बसेको कार्यसमिति बैठकले यस्ता निणर्य गरेको छ ।

(हेनुस् प्रेस विज्ञप्ती )

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?