छायांकनको अन्तिम चरणमा रणवीर, कस्तो देखिएला प्रशान्त र सुशिलको केमेष्ट्री

काठमाडौं । नेपाली चलचित्रमा ‘रणवीर’को अहिले धमाधम छायांकन भइरहेको छ । एक्सन, सस्पेन्स र थ्रिल मिश्रीत रणवीरले काठमाडौंमा आफ्नो ६५ प्रतिशत छायांकन सकाएर बाँकी छायांकनको लागी निर्माण यूनिटसँग यतिबेला सुदूरपश्चिम पुगेको छ । ‘रणवीर’को धनगढी, महेन्द्रनगर लगायतका ठाउँमा छायांकन चलिरहेको छ ।

‘रणवीर’को छायांकन सुदूरपश्चिममा तिन हप्तासम्म चल्ने छ । जहाँ सिनेमा केहि दृष्य र दुई गीतको छायांकन हुने निर्माण टिमले बताएको छ । चलचित्रलाई दिपेन्द्र रेग्मी र गोमा बिष्टले निर्माण गरिरहेका छन् भने गोविन्दसिंह भण्डारीले निर्देशन गरेका छन् । 

अहिले सिनेमाका मुख्य कलाकार सुशिल सिटौला, सुपुष्पा भट्ट, हरिहर शर्मा, जगदीश रिजालले आफ्नो भागको सुटिङ्ग गरिरहेका छन् । सिनेमामा उनीहरुका अलवा, शुभेच्छा खड्का, प्रशान्त ताम्राकार, बसन्ती भाट, टिका पहाडी, रवि गिरी, नरेश पौडेल लगायतका कलाकारको मुख्य भुमिका सिनेमामा रहेको छ ।

महेश पौडेलको छायांकन रहने चलचित्रमा चन्द्र पन्तको द्वन्द निर्देशन, र्हकुलस वस्नेत, सुशान्त गौतम र अमित श्रेष्ठको संगीत सिनेमामा रहने छ । रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?