इन्काउन्टर हुनसक्छ : एसपि तामाङ्ग

बाँके- जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख टेक बहादुर तामाङ्गले कानुन कार्यान्वयनको दौरानमा कसैले हातहतियार सहित बाधा पुर्याए इन्काउन्टर हुने बताएका  छन ।

आफ्नै कार्यकक्षमा पत्रकारहरुसंग कुराकानि गर्दे तामाङ्गले यस्तो बताएका हुन् । बाँके जिल्ला आफैमा धार्मिक तथा जातीय संबेदनसील क्षेत्र रहेको भन्दै जातीय सद्भाव कायम राख्नेकार्य जिल्ला प्रहरीकार्यालय बाँकेको प्राथमिताको प्रथम सुचिमा रहेको बताए ।

छिमेकी देश भारत संग  जोडिएको नाकाक्षेत्र समेत भएकाले नाकासंग सम्बन्धित अन्तरदेशिय अपराधका नियन्त्रण, लागू औषध ओसार पसार , चन्दा तथा फिरौति, गुण्डा गर्दी एवं संगठित अपराधक निर्मुल गर्नका लागि प्रहरी सकृय रहेको बताए ।

एक अर्को प्रसंगमा तामाङ्गले नेपाल सरकारको २० बर्षे सवारी साधनहरु बिस्थापन गर्ने नितिअनुरप हाल सम्म ३ वटा सवारी साधनहरुलाई यातायात व्यवस्था कार्यालयमा पठाईएको बताए ।

नेपाल सरकारको सिण्डिकेट बिरुद्धको नितिलाई कार्यान्वयन गर्ने सवालमा शनिबार सम्म ४ जना यातायात व्यवसायीहरु सहित ३ जना कर्मचारी गरी जम्मा ७ जनालाई अत्यावस्यक सेवा संचालन ऐन २०१४ बमोजिम कार्वाहिका लागि प्रहरी नियन्त्रणमा लिएको जिल्ला प्रहरी बाँकेले जनाएको छ ।

प्रकृतिगत हिसाबमा जिल्ला प्रहरी बाँकेमा फाइलहुने केसहरु मध्ये करीब १ तिहाई केसहरु लागूऔषध संग सम्बन्धित हुने तामाङ्गले बताए ।

नेपालगंजमा वेस्यावृत्ति समेत मौलाएको भन्दै तामाङ्ले वेस्यावृत्तिमा संलग्नहरुको पुनःस्थापनाकालागि सिपमूलक तालिमहरु संचालन गरी उनिहरुको सम्मानीत जिवनयापनका लागि सम्बन्धित सरोकारवालाहरुले समन्वय गर्नुपर्नेकुरामा जोड दिंदै औद्योगिक सुरक्षामा समेत प्रहरी सकृय रहेको बताए ।

जनमैत्रि प्रहरी को बिकास र आम जनताका समस्याहरु सहज र सरलरुपमा प्रहरीले सुन्ने भन्दै मुस्कान सहितको प्रहरी सेवा दिन दिन रात बाँके प्रहरी सकृयरहेको बताए ।

“संगठित अपराधमा प्रहरीको सुन्य सहनसील निती रहेको छ” तामाङ्ले भने । जनता र प्रहरीको सम्बन्ध बिस्तार गर्न र ढुक्क संग जनताले आफ्ना समस्याहरु प्रहरी संग राख्ने वातावरण मिलाईएको दावी गर्दे कुनैपनि आम सर्वसाधारणले एसपि लाई भेट्न पाउने बताए ।

नेपालगंज नाका स्थल मार्ग समेत प्रयोगगरी चेलीबेटि बेच बिखन गर्ने क्षेत्र भएको तर्फ संकेत गर्दे तामाङ्गले प्रहरी आफै र विभिन्न संघसंस्थाहरुको सहयोगमा चेलीबेटी बेचबिखन बिरुद्ध अपरेसनहरु संचालन गरी रहेको जानकारी दिए  ।

हाल ८ जना संगठित अपराधमा संलगनहरुलाई प्रहरीले कस्टडिमा लिएर अनुसन्धा गरीरहेको जानकारी दिंदै कानुनसम्मत काम गर्दा कसैको चाकडि गर्नु नपर्ने तर कानुन बिपरित कार्यगर्ने कसैलाई पनि प्रहरीले नछोड्ने चेतावनी समेत दिए ।

जिल्ला प्रहरी कार्यालयमा महिला तथा बालबालिकाहरुको बेसहरु पनि बेसी आउने भन्दै तामाङ्गले महिला सेल मार्फत समस्या समाधान गरीरहेको जानकारी दिए ।  नेपाल प्रहरस्को “सिधा कार्वाहि ” आरएससिसि लाई समेत एकिकृतरुपमा आगूगरीरहेको प्रहरीले ध्वनि प्रदुषण लाई नियन्त्रण गर्न रात्रिकालिन समय ११ बजेसमम मात्र कुनैपनि सुभ तथा धार्मीक कार्यमा साउण्ड सिस्टम बजाउन पाउने आचारसंहिता बनाई लगूगरेको तामाङ्गले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?