भनिन्छ, बाडुल्की त्यतिबेला आउँछ जतिबेला तपाईलाई कसैले सम्झिन्छ । तर खासमा त्यस्तो होइन । बाडुल्की लाग्नुको कारण अचानक हुने मौसम परिवर्तन, गर्मीपछि केही चिसो खाने, चुरोट तान्ने, धेरै चिन्ता गर्ने जस्ता कारणले गर्दा बाडुल्की लाग्ने गर्छ ।
जब बाडुल्की लाग्छ, केही समयकालागि यसले हैरानै गर्छ । तर, बाडुल्कीलाई रोक्न सक्ने उपाय पनि छन् ।
बाडुल्की लागिरहेका बेलामा एक गिलास चिसो पानी पिउँदा बाडुल्की रोकिने गर्छ । केही मान्छेले भन्ने चलन छ कि, पानी पिउने बेलामा आफ्नो नाक पनि बन्द गर्नुपर्छ ।
त्यस्तै एक चम्चा मह खाँदापनि बाडुल्की रोकिन्छ । बाडुल्की लाग्ने बेलामा एक चमचा मह खाँदा फाइदा हुन्छ । यसलाई शरीरलाई सन्तुलनमा राख्न सहयोग पु–याउँछ ।
अर्को उपाय के छ भने केही समयका लागि सास रोक्दा पनि बाडुल्की रोकिने सम्भावना हुन्छ । यो धेरै नै पुरानो उपाय पनि हो । बाडुल्की रोक्न यसले सहयोग गर्छ ।
त्यस्तै गर्धनमा आइस ब्याग राख्दा या भिजेको कपडा भिजाउँदा पनि बाडुल्की रोक्न मद्दत पुग्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया